Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संस्कृतिविद् जोशीलाई शताब्दी पुरुष सम्मान - Himalkhabar.com

थप समाचारसोमबार, आषाढ ३०, २०७१

संस्कृतिविद् जोशीलाई शताब्दी पुरुष सम्मान

हिमालखबर

त्रिमूर्ति निकेतनले आफ्नो स्थापना दिवसका अवसरमा आगामी ११ असोजमा संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपाली साहित्य र संस्कृतिमा लामो समयसम्म योगदान पुर्‍याएकोले ‘शताब्दी पुरुष’ घोषणा गरिएको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले जानकारी दिएका छन् ।

“नेपालको संस्कृति पहिचानमा उहाँको महत्वपूर्ण योगदान छ”, प्रर्साईंले भने, “संस्कृतिविद् जोशीले नेपाली साहित्यमा शताब्दीकै उत्कृष्ट काम गर्नुभएकाले सम्मानस्वरुप जनस्तरबाट सो पुरस्कार दिन लागेको हो ।”

जोशी नेपाल भाषा एकेडेमीका कुलपतिसमेत छन् । पाटनस्थित बक्खुबहाल निवासी जोशीलाई सम्मान गर्न आर्थिक सहयोग भूपालमानसिंह कार्की प्रज्ञा परिषद्, नई प्रकाशन र त्रिमूर्ति निकेतनले सहयोग गर्ने साहित्यकार प्रसार्इंले जानकारी दिए ।

सत्यमोहन जोशी शताब्दी महोत्सवका अध्यक्ष प्रा डा उषा ठाकुर छन् ।

नाटककार, समालोचक, कविलगायतका प्रतिभाको धनी जोशीलाई जनस्तरबाट सम्मान प्रदान गर्दा १४ अञ्चलबाट अभिनन्दन गरिने छ र अन्तर्रराष्ट्रियस्तरबाट २० मुलुकको पनि सहभागिता रहने छ ।

संस्कृतिविद् ९५ वर्षीय जोशी अहिले पनि नेपाली साहित्य, संस्कृति, भाषाका विकासमा क्रियाशील छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>