Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एड्स संक्रमित व्यवसायमा - Himalkhabar.com

थप समाचारसोमबार, आषाढ ३०, २०७१

एड्स संक्रमित व्यवसायमा

हिमालखबर

देव पचभैया, पाल्पा

तस्वीरहरुः देव पचभैया

पाल्पा अर्गलीका एचआईभी/एड्सबाट संक्रमित ६ जना र उनीहरूका परिवार तथा उनीहरूसँग हातेमालो गर्न चाहने २१ जना मिलेर गत वर्षको २६ जेठमा अर्गली आय आर्जन विकास समूह गठन गरेका थिए । एचआईभी/एड्सको क्षेत्रमा एक दशकदेखि लागेको सक्रिय सेवा समाजबाट रु.१० हजार सहयोग लिएर बनेको सो समूहले अहिले एड्स संक्रमित र अरूलाई कुखुरा, माछा, बाख्रापालन गर्न तथा किराना र तरकारी पसल खोल्न ऋण लगानी गरेको छ । समूहका सदस्यबाट उठ्ने मासिक रु.१०० र लगानीबाट आउने ब्याजले समूह चलेको छ ।

समूहबाट ऋण लिएर संक्रमितहरूले शुरू गरेको अग्र्यानिक तरकारी खेती पनि राम्रो भएको छ । बजारमा पाइने तरकारीमा विषादी मिसाइने हुनाले स्वस्थ तरकारी खान खेती गरेको संक्रमितहरू बताउँछन् । खाएर बढी भएको तरकारी उनीहरू बजारमा बिक्री गर्छन् ।

समूहबाट ऋण लिएर बाख्रापालन गरेका संक्रमित कृष्ण पाण्डे (३८) ले तरकारी खेती र भैंसीपालन गरेका छन् । गत वर्ष बाख्रा बेचेर रु.६० हजार आम्दानी गरेपछि उनले अहिले उन्नत जातका १० बाख्रा थपेका छन् । (हे.तस्वीर, पाण्डेको जोडी)

भारतमा बस्दा सात वर्षअघि उनमा एचआईभी संक्रमण भएको थियो । व्यवसाय गर्न थालेपछि पहिले वास्ता नगर्ने छिमेकीहरूले अहिले सँगै काम गर्न तयार भएकोमा उनलाई खुशी लागेको छ । कृष्ण भन्छन्, “सबैको सहयोगले गर्दा आफूलाई संक्रमित हुँ भन्ने लाग्न छाडेको छ ।”

१३ संक्रमित सहित २८ जना अरू मिलेर गठन भएको पाल्पाकै पालुङ्ग मैनादी आयआर्जन समूहमा पनि अहिले रु.४५ हजारभन्दा बढी बचत छ । यो समूहले पनि बाख्रापालनमा पाँच जना, सिलाइ–बुनाइमा एक र किराना पसल संचालन गर्न तीन जनालाई ऋण दिएको छ ।

समूहबाट ऋण लिएर बाख्रापालन गरेका पालुङ्ग मैनादी–४ का लालबहादुर ठडराई (४७) ले टमाटर खेती पनि गरेका छन् । संक्रमित श्रीमती माया र छोरा प्रदीपको सहयोगमा चलेको यो व्यवसायले घरव्यवहार धानेको लालबहादुर बताउँछन् । अरू ऋण पाइए उन्नत जातका बाख्रा र भैंसीपालन गर्ने उनको सोच छ । एचआईभी संक्रमितलाई समाजमा सम्मानित बनाउन र आर्थिक रूपमा सबल पार्न सहयोग गरेको सक्रिय सेवा समाज पाल्पाका टीम लीडर लीलाराज भट्टराई बताउँछन् ।

पाल्पाका २३७ जना एचआईभी संक्रमितमध्ये ८८ जना कृषि, रोजगारी तथा अन्य व्यवसायमा संलग्न छन् । सरकारी सेवामा चार, दुग्ध उद्योगमा पाँच र संघ–संस्थामा १८ जना संलग्न रहेको सक्रिय सेवा समाज पाल्पाले जनाएको छ । माछापालन, तरकारी खेती, सिलाइ–कटाइ जस्ता व्यवसायमा ६० बढी संलग्न रहेको संक्रमितहरूको संस्था प्रतिबद्ध समूहकी अध्यक्ष लक्ष्मी कुँवरले बताइन् । संक्रमितमध्ये ३४ जना बालबालिका छन् ।

आत्मनिर्भर बन्न चाहने संक्रमितहरूलाई सहयोग गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको एचआईभी/एड्सका फोकल पर्सन माधव ज्ञवाली बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>