Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शास्त्रीय संगीतमा रमे दर्शक - Himalkhabar.com

रमझमबिहीबार, आश्विन ४, २०६९

शास्त्रीय संगीतमा रमे दर्शक

Rishiram Kattel

तस्बीर: ऋषिराम कट्टेल

परम्परा समुह नामक सांगीतिक समूहको आयोजनामा भएको यो कार्यक्रममा सुकर्मका सदस्यहरुले दर्शकलाई मन्त्रमुग्ध मात्र बनाएनन्, लामो समयपछि नेपाली दर्शकमाझ प्रस्तुत भएका उनीहरुकै कार्यक्रम उत्तिकै चासोका साथ हेरेका थिए । यो समुहमा नेपालका तवलाका हस्ती होमनाथ उपाध्याय समेत एउटै स्टेजमा देखिदा अर्कै रौनकता छाएको थियो । कार्यक्रममा तेजवती जोशी, मातली आचार्य, सुजाता बर्मा, मनोमोहन थपलियाको शास्त्रीय गायनमा दर्शक मज्जैले झुमे ।

त्यसो त कथ्थकमा कहलिएकी शुभिमा श्रेष्ठको कथ्थक नृत्य कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षण बन्यो । चण्डी काफ्ले, शिव पौडेल, राज सिग्देल, शिव परियार लगायतको प्रस्तुति रहने आयोजकले जनाए पनि उनीहरुको प्रस्तुति दर्शकले हेर्न पाएनन् । यस्ता कार्यक्रम सरकारी तहले बेवास्ता गर्न थालेको अवस्थामा निजी संघसंस्थाले सबैलाई समेटेर गर्नु सराहनीय काम भएको बताउँदै शास्त्रीय संगीतका साधक डा.धु्रवेशचन्द्र रेग्मीले भने, “यसरी शास्त्रीय संगीतका कलाकारलाई एउटै मन्चमा उतार्ने कामको सबैले स्वागत गर्नुपर्छ ।”

तस्बीर: ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>