Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यौनमा सबैको चासो (१२ शहरको सर्वे) - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ ३२, २०७१

यौनमा सबैको चासो (१२ शहरको सर्वे)

हिमालखबर

यौनप्रति नेपाली समाजको बदलिंदो धारणा पहिल्याउन हिमाल ले गत फागुनमा काठमाडौं, दमक, धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, काठमाडौं, पोखरा, बुटबल, घोराही, नेपालगञ्ज र धनगढीमा गरेको सर्वेक्षणमा १८ देखि ७० वर्षसम्मका ३७४ जना सहभागी थिए। तीमध्ये ५८ प्रतिशतले पत्र–पत्रिका हेर्दा सबभन्दा पहिले यौन सम्बन्धी सामग्रीमा आँखा जाने बताए। यो समूहमा पुरुष ६७.४ प्रतिशत र महिला ४२.४ प्रतिशत थिए।

पत्रपत्रिकामा यौन सम्बन्धी सामग्री कत्तिको पढ्ने गर्नुभएको छ? भन्ने प्रश्नमा नियमित पढ्ने गरेको बताउनेमध्ये ७९.३ प्रतिशत १८–२४ वर्ष उमेर समूहका थिए। २५–३९ उमेर समूहका ६७.६ प्रतिशत र ४०–५९ समूहका ४२.९ प्रतिशतले पत्र–पत्रिकाका यौन सामग्री पढ्न रुचि राख्ने गरेको सर्वेक्षणले देखायो। ६० वर्ष माथिका भने १७ प्रतिशतले मात्रै यौन सामग्री पढ्ने गरेको जवाफ दिए। ३०.४ प्रतिशतले पत्र–पत्रिकामा छापिएका तस्वीर र सामग्री अश्लील भएकाले परिवारसँग बसेर हेर्न, पढ्न नमिल्ने र ३० प्रतिशतले मिल्ने बताएका थिए।

नेपाली समाज यौनका विषयमा उदार बन्दै जानुमा ३२.६ प्रतिशतले मोबाइल फोन र ३१ प्रतिशतले इमेल इन्टरनेटको मुख्य भूमिका रहेको बताए भने २०.६ प्रतिशतले पत्रपत्रिका र टेलिभिजनलाई कारक माने। इन्टरनेटलाई कारक भन्नेमा १८ देखि २४ वर्ष उमेर समूहका ४०.२ प्रतिशत छन्। ६० वर्षमाथि ४५ प्रतिशतले मोबाइल फोनलाई समाजलाई खुला बनाउने कारक मानेका छन्। तपाईं यौन सम्बन्धी कोसँग खुलेर कुरा गर्नुहुन्छ? भन्ने प्रश्नमा ५९ प्रतिशतले साथीसंगीसँग भन्ने जवाफ दिए। साथीसंगीसँग यौनका कुरा गर्नेमा १८–२४ वर्ष उमेर समूहका ७१.३, २५–३९ वर्ष उमेर समूहका ६७.६ र ४०–५९ उमेर समूहका ४९.५ प्रतिशत देखिए।

टोल, छिमेकमा यौन सम्बन्धबारे बढी उदार (गर्लफ्रेण्ड/ब्वाईफ्रेण्ड बनाउने र यौनसम्बन्ध राख्ने, विवाहेत्तर सम्बन्धमा लाग्ने) मान्छे कत्तिको देख्नुभएको छ? भन्ने प्रश्नमा ५२.७ प्रतिशतले अलि अलि देखेको र २०.९ प्रतिशतले धेरै देखेको बताए भने ५०.५ प्रतिशतले समाजले खुल्ला यौन गतिविधिलाई सहज रूपमा नलिएको, ३२.४ प्रतिशतले सहज रूपमा लिन थालेको बताए। १८ देखि २४ वर्ष उमेर समूहका ५६.३ प्रतिशत र २५–३९ उमेर समूहका ५२.८ प्रतिशतले नेपाली समाज अझै परम्परागत रहेको बताए।

प्रहरीले होटलमा छापा मारेर यौनकार्यमा संलग्न भन्दै जथाभावी पक्राउ गर्नुलाई ३४.८ प्रतिशतले विकृति रोक्ने प्रयासका रूपमा लिए भने २१.४ प्रतिशतले नागरिकको व्यक्तिगत अधिकारको हनन्को रूपमा अर्थ्याए। यसैगरी, १३.६ प्रतिशतले यसलाई प्रहरीको मनपरी भने। सर्वेमा सहभागी ५०.४ प्रतिशतले नेपालमा अलग्गै ‘रेडलाइट एरिया’ आवश्यक भइसकेको बताए, जसमा पुरुष ५९.१ प्रतिशत र महिला २८.९ प्रतिशत छन्। यसैगरी, २०.६ प्रतिशतले ‘रेडलाइट एरिया’ लाई अनावश्यक भने। ‘रेडलाइट एरिया’ आवश्यक ठान्नेमा १८–२४ वर्ष उमेर समूहका ५० प्रतिशत छन्। ६० वर्षभन्दा माथिका ७२.२ प्रतिशत उत्तरदाताले ‘रेडलाइट एरिया’ तोक्न ढीलो भइसकेको बताए।

रिपोर्टः ‘खुला यौन व्यवहार रोकेर रोकिंदैन’ यहाँ क्लिक गर्नुहोस् ।

डम्बरकृष्ण श्रेष्ठ

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>