खेलकुदबुधबार, आषाढ ३२, २०७१
विश्वकपः जर्मनी अहिले पार्टीमा मस्त छ
बिटल्सको गीत ‘अल यु निड इज लभ’ लेखेको ब्यानर बोकेर विश्वकप विजेता टोलीको स्वागतका लागि सडकमा उर्लिएको भीडले एकीकृत राष्ट्रको साँच्चिकै प्रतिनिधित्व गरेको थियो ।
यो उपलब्धिका लागि आठ वर्षदेखि लगातार काम गरिरहेका कोच जोचिमको पनि उत्तिकै योगदान थियो ।
२३ जना विजेताको टोलीले खुल्ला ट्रकमा बर्डेनबर्ग गेटसम्मको ६ माइल यात्रा गरेको थियो । उनीहरुलाई ठूलो भीडले कोरस गाउँदै स्वागत गरेको थियो ।
उनीहरुको स्वागतका लागि घण्टौं अघिदेखि प्रशंसकहरुको भीडले कुरिरहेको थियो ।
“हामीहरु यस्तो स्वागत पाउँदा अत्यन्तै उत्साहित छौं,” बास्टियन स्वेन्सटाइगरले स्थानीय टेलिभिजनलाई भने, “धन्य भगवान यसपटक हामीले कप भित्र्याउन सक्यौं ।”
जर्मनीमा यो उत्साह आइतबारको फाइनल खेलमा मारियो गोट्जले दुई टचमा बललाई जाली चुमाइदिएदेखि नै जारी छ । जर्मनी अहिले पार्टीमा मस्त छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
