अर्थ/बजारबुधबार, आषाढ ३२, २०७१

खाद्यान्न उत्पादन बढ्यो

हिमालखबर

कृषि विकास मन्त्रालयले आर्थिक वर्ष २०७० ०७१ मा गत वर्षभन्दा ८ लाख २४ हजार ३६८ मेट्रिक टन (९.४३ प्रतिशत)ले खाद्यान्न उत्पादन वृद्धि हुने अनुमान गरेको छ । मन्त्रालयले ३२ असारमा जारी गरेको विज्ञप्ति अनुसार यस वर्ष ९५ लाख ६२ हजार ७१८ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।

उत्पादित खाद्यान्न बालीमध्ये धान ५० लाख ४७ हजार ४७ मेट्रिक टन, मकै २२ लाख ८३ हजार २२२, कोदो ३ लाख चार हजार १०५, गहुँ १८ लाख ८३ हजार १४३, जौ ३४ हजार ८६६ र फापर १० हजार ३३५ मेट्रिक टन छ ।

फाइल तस्वीर

यस वर्ष आन्तरिक उत्पादनबाट ३० जिल्लामा खाद्यान्नको आवश्यकता पूर्ति हुन नसक्ने प्रारम्भिक अनुमानबाट देखिएको मन्त्रालयका सह–प्रवक्ता टेकप्रसाद लुईंटेलले जानकारी दिए । गत वर्ष आन्तरिक खाद्यान्न उत्पादनबाट आवश्यकता परिपूर्ति हुन नसकेका जिल्लाको संख्या ३३ थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>