ब्लगशनिबार, साउन ३, २०७१

यन्त्र मानव मदनकृष्ण श्रेष्ठ !

कनकमणि दीक्षित

दायाँ हातले क्रमशः साथ छाड्दै, दायाँ खुट्टा अलि लत्रिन थालेको अप्ठेरोमै पनि मदनकृष्ण श्रेष्ठले बिरामी परेकी आफ्नी श्रीमती यशोदालाई स्याहारे, कहिले दिल्ली त कहिले ब्याङ्कक् पुर्यामए।

यस्तै अवस्थामा उनले गत वैशाख–जेठमा हरिवंश आचार्यसँग ‘नेवारबहादुर बाहुनबहादुर’ प्रहसन समेत गरे।

मदनकृष्ण भन्छन्, “दर्शकले मेरो चालढाललाई अभिनय भन्ठान्थे, डाक्टरहरू भने मेरो पाइला हेरेर चिन्तित हुन्थे।” सहकर्मी हरिवंश आचार्य भन्छन्, “हाम्रो चिन्ता एकदमै बढेको थियो।

प्लेनको भर्यािङ्ग चढ्दा होस् या पेटीमा हिंड्दा, म जहिल्यै मदन दाइको सामु उभिन्थें। प्रहसनमा दाइलाई छुने गरी नजिक नहुनु भन्ने आदेश नै थियो।”

पार्किन्सन्स् ‘डिजेनेरेटिभ’ हुन्छ भनेर मह जोडीलाई थाहा थियो। यसले केही वर्षमै मानिसको अनुहारको चमक टिप्छ, जीउ पूरै ढीलो हुन्छ।

यस्तो चिन्ताको बीच न्यूरोसर्जन डा. बसन्त पन्तले आशाको किरण ल्याइदिए― विश्वप्रख्यात जापानी सर्जन ताकोओमी ताइरो जसले केही वर्षयता पार्किन्सन्स् मत्थर पार्ने प्रविधि प्रतिपादन गरेका थिए।

अन्नपूर्ण अस्पतालमा डा. पन्तको टीमले दुई घन्टाको शल्यक्रियामा तालुमा प्वाल पारी एउटा पातलो सुइरो छिराएर त्यसलाई छातीभित्र राखिएको ब्याट्रीसँग शरीरभित्रबाटै तारले जोडे।

मदनकृष्ण भन्छन्, “लोकल एनेस्थेसियामा गरेको अपरेशन, मेरो हात त अपरेशन गर्दागर्दै ठीक भएको थाहा पाएँ।” दुवै हातलाई नृत्य मुद्रामा चलाउँदै हर्षका साथ भन्छन्, “यस्तो गर्न सक्ने भएँ। अब यो ब्याट्री दश वर्ष चल्छ, त्यति वेलासम्म अर्को आविष्कार आइहाल्छ!”

हाँस्दै थप्छन्, “म त भएछु यन्त्र मानव।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...