Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाली क्रिकेट: विश्वकप कति टाढा? - Himalkhabar.com

खेलकुदशुक्रबार, आश्विन ५, २०६९

नेपाली क्रिकेट: विश्वकप कति टाढा?

सन्त गाहा मगर

p62

आईसीस

तर, अष्ट्रेलिया र न्यूजिल्याण्डको सह–आयोजनामा आगामी २०१५ मा हुने विश्वकपमै नेपालको सहभागिता भने अलि हतारको विषय भएको क्रिकेटका जानकारहरू बताउँछन्।

नेपाललाई डिभिजन वानमा पुर्‍याउने लक्ष्य लिएर एघार महीनाअघि राष्ट्रिय टीम सम्हालेका प्रशिक्षक पुबुदु बाथिया दासानायके पनि यो सपनालाई अलि टाढै रहेको देख्छन्। नेपाल क्रिकेट संघ (क्यान)का महासचिव अशोकनाथ प्याकुरेल अहिले प्राप्त उपलब्धिले संभावनाको ठूलो ढोका खोले पनि विश्वकपको खुशी नआइसकेको बताउँछन्। “पर्याप्त तयारीका बलमा सशक्त प्रदर्शन गर्न भने सकिन्छ”, प्याकुरेल भन्छन्। प्रशिक्षक दासानायकेको पनि यही भनाइ छ (हे. वार्ता)।

नेपालको तयारी
आगामी विश्वकप खेल्ने सम्भावना कायम राख्न अप्रिल २०१३ मा बरमुडामा हुने डिभिजन थ्री च्याम्पियनसीपमा विजेता वा उपविजेता बन्नु अनिवार्य छ, जहाँ नेपालले अमेरिका, बरमुडा, ओमान, युगान्डा र इटलीको सामना गर्दैछ। अमेरिका नेपालसँगै डिभिजन थ्रीमा बढुवा भएको हो भने युगान्डा र बर्मुडा डिभिजन टुबाट रेलिगेसनमा परेका टीम हुन्। गत वर्ष हङकङमा भएको डिभिजन थ्री च्याम्पियनसीपमा ओमान तेस्रो र इटली चौथो भएका थिए। राष्ट्रिय टीमका अनुभवी खेलाडी विनोद दास नेपाली टीम डिभिजन थ्री खेल्न लागेका अन्य देशको तुलनामा कमजोर नभएको बताउँछन्। “उन्साइस–बीसको कुरा मात्र हो”, दास भन्छन्।

डिभिजन टुमा खेल्ने १० टीममध्ये हङकङ र पपुवान्यूगिनीको मात्र टुंगो लागेको छ। डिभिजन थ्रीको पहिलो र दोस्रो तथा वान डे कपको तेस्रोदेखि आठौं स्थानका टीमले पनि डिभिजन टुमा प्रतिस्पर्धा गर्नेछन्। यसको विजेता र उपविजेता सीधै विश्वकपका प्रतिस्पर्धी हुन्छन् भने तेस्रोदेखि आठौं स्थानसम्मका टीम वर्ल्डकप क्वालिफायर्स हुन्छन्। पुछारका दुई टीम रेलिगेसनमा पर्छन्। जहाँसम्म नेपालको कुरा छ, ब्याटिङ, फिल्डिङ र बलिङ तीनै पक्ष जम्दा क्वालालम्पुरमा राष्ट्रिय टीममाथि विपक्षी हावी हुन पाएन। राष्ट्रिय टीमका कप्तान पारस खड्का ‘कन्सिस्टेन्सी’लाई सफलताको प्रमुख कारण मान्छन्।

नको भनाइमा, प्रशिक्षक र टीमको मिहिनेत मिलेको छ। समर्थकबाट स्याबासी पाइरहेकै बेला नेपाली क्रिकेटमा लगानी बढाउनुपर्ने बताउँदै खड्का भन्छन्, “फलाम सेलाएपछि घन हानेको काम लाग्दैन।”
क्रिकेटको दीर्घकालीन विकासका लागि घरेलु लिग र भौतिक पूर्वाधार निर्माणमा पर्याप्त लगानीको आवश्यकता छ। बरमुडामा हुने डिभिजन थ्रीको लागि तयारी गर्ने समय भने ६ महीना मात्रै छ। यसको अर्थ, एक दिन मात्रै खेर फाल्नु भनेको विपक्षीलाई जित्न आह्वान गर्नु हो। यो अवस्थामा तत्कालिक योजना बनाएर कार्यान्वयनमा जानुपर्ने क्यानका महासचिव प्याकुरेल बताउँछन्।

अर्कोतिर, डिभिजन टुमा निरन्तरता दिने टीमले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट आर्थिक लगायतका सुविधा पाउने भएकाले डिभिजन थ्री पार गर्नु मात्रै पनि नेपाली क्रिकेटको विकासमा अर्को कोसेढुंगा हुनेछ। यसका लागि ‘अड्को पड्को तेलको धूप’ गरेर चाहिं हुँदैन। विनोद दास भन्छन्, “सरकार र क्यानले यो अवसरको पनि सदुपयोग गर्न सकेन भने नेपालमा व्यावसयिक क्रिकेटको कल्पना व्यर्थ हुन्छ।”

साथमा सन्देश पन्त


p62a

‘न्यूनतम लक्ष्य डिभिजन वान’

पुबुदु बाथिया दासानायके
प्रशिक्षक, राष्ट्रिय टीम

डिभिजन थ्रीसम्मको यात्रा कसरी सम्भव भयो?
टी–ट्वेन्टीको लागि ब्याट्सम्यानले मैदानको चारैतिर शट् हान्न सक्नुपर्छ। प्रेसरमा खेल्न मानसिक रूपमा बलियो र आत्मविश्वासी हुनुपर्छ। प्राविधिक पक्षमा ध्यान दिंदै यी कुरामा मिहिनेत गर्‍यौं। खेलाडीहरूमा क्षमता थियो, ठूलो स्टेजमा प्रेसरमा खेल्न आत्मविश्वासी र शान्त हुनुपर्ने पक्षमा जोड दियौं। पारस खड्का, अमृत भट्टराई, शक्ति गौचन र चन्द्र साउदले विदेशमा सिकेको सीप, विनोद दासको अनुभव र सुवास खकुरेलका पछिल्ला खेल महत्वपूर्ण रहे। हाम्रो ब्याटिङमा मिडियाले भने जस्तो कमजोरी थिएन।

नेपाल आउँदाको लक्ष्य के थियो?
एशियन क्रिकेट काउन्सिलका अधिकारीहरूले नेपालमा धेरै सम्भावना हुँदा–हुँदै क्रिकेटको विकास नभएको बताएका थिए। नेपाललाई कम्तीमा डिभिजन वान पुर्‍याउने मेरो लक्ष्य हो। मलाई चुनौती मन पनि पर्छ।

फिट्नेसका हिसाबले नेपाली खेलाडी कस्ता छन्?
चार पाँच जनाको फिट्नेस एकदमै राम्रो छ। बाँकीले कडा मिहिनेत गर्नुपर्छ।

आगामी विश्वकपमा नेपालको सहभागिताबारे के भन्नुहुन्छ?
अहिले नै सहभागिता खोज्नु अलिकति चाँडो होला। ५० ओभरको स्टेटस पाउन सकिन्छ। हामी अर्को टी–ट्वेन्टी विश्वकप छनोट खेल खेल्नेछौं। विश्वकपको सपना अलिकति टाढा भए पनि मिहिनेत जारी रहन्छ।

कस्तो योजना र नीतिको खाँचो देख्नुहुन्छ?
हाम्रोस्तरका देशहरूले ठूलो समूह बनाउन जरुरी छ। नेपाल क्रिकेट संघले घरेलु क्रिकेटमा जोड दिनुपर्छ। राष्ट्रिय एकेडेमी राम्ररी सञ्चालन नभएसम्म राम्रा खेलाडीहरू आउन सक्दैनन्। यहाँ म्याच नभएको बेला खेलाडीलाई खेल्न विदेश पठाउनुपर्छ। यसमा सरकारी, निजी दुवै क्षेत्रको सहयोग चाहिन्छ।

जोगियो साख

श्रीलंकाको कोलम्बोमा सम्पन्न दोस्रो साफ वुमेन्स् च्याम्पियनसीपमा नेपाल उपविजेता भएको छ । ३१ भदौमा चिरपरिचित प्रतिद्वन्दी भारतसँग ३-१ ले पराजित भएपछि नेपालको उपाधि चुम्ने सपना पुरा हुन सकेन । फाइनल शुरु भएको ३ मिनेटमै दीपा अधिकारीले नेपालका लागि खाता खोलेकी थिइन् । तर यो अग्रता पाँच मिनेट भन्दा बढी टिक्न सकेन । आठौं मिनेटमा भारतीय खेलाडीले गोल गरे । मध्यान्तर १-१ को बराबरीमा सकिएको थियो । ६६ औं र ८३ औं मिनेटमा थप गोल खाएपछि नेपालको खेलमा फर्किने सम्भावना सकियो ।

पहिलो संस्करणमा उपविजेता बनेको नेपालले साफ वुमेन्स् च्याम्पियनसीपको दोस्रो संस्करणमा आफ्नो साख गुम्न दिएन। लिग चरणका तीन र सेमिफाइनल गरी चार खेलमा एक गोल खाएर २३ गोल गर्न सफल भयो, नेपाल। २९ भदौमा कोलम्बोमा भएको सेमिफाइनलमा आयोजक श्रीलंकालाई ३–० ले पराजित गरेर डिफेन्डिङ च्याम्पियन भारतसँग फाइनल खेल्ने तय गरेको छ, टीमले। २३ भदौमा पाकिस्तानमाथि ८–० को जित हासिल गर्दा टीम कप्तान जमुना गुरुङको ह्याटि्रक योगदान रह्यो। २५ भदौमा कप्तान गुरुङकै ह्याटि्रक मद्दतले माल्दिभ्सलाई ५–० ले हराएर एक खेल बाँकी छँदै नेपालले सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो। राम्रो लयमा रहेको नेपालले २७ भदौमा अफगानिस्तानविरुद्ध ७–१ को जित दर्ता गर्‍यो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>