रमझमआइतबार, आश्विन ७, २०६९
चारदिने लिटरेचर फेस्टिवल सम्पन्न
त्यसैगरी ‘अर्थतन्त्रका तीन आधार’मा डा। रामशरण महत र झलक सुवेदीले बोलेका थिए जसको संचालन किरण नेपालले गरेका थिए । त्यसैगरी इतिहाँसको पुर्नलेखन बिषयमा डा रमेश ढुंगेल र दिनेशराज पन्त वक्ताका रुपमा थिए भने कार्यक्रमको सञ्चालन विष्णु सापकोटाले गरेका थिए । ‘नाटक जारी छ’ मा अभि सुवेदी, सुनिल पोखरेल र दयाहाँङ राइले बोलेका थिए भने सञ्चालन खगेन्द्र लामिछानेले गरेका थिए ।
अन्य कार्यक्रममा पत्रकार यज्ञशले सञ्चालन गरेको नेपाली फिल्म र दर्शकबारेको बहसमा निर्देशकहरु निश्चल बस्नेत, उज्वल घिमिरे र ष्रििङ रितार सहभागी थिए । न्यु मडिीयाबारेको छलफलमा उज्जवल आचार्य, किशोर पहाडी, सेवा भट्टराई र अकार अली सहभागी थिए ।
मार्तभाषमा लेखनबारेको छलफलमा तेजेश्वरबाबु गवाङ, कृष्णराज सर्वहारी, रमेश रञ्जन सहभागी थिए । संकटमा शिक्षा प्रणलीबारेको छलफलमा सुरेशराज शर्मा, धनञ्जय शर्मा र सुदर्शन सिघमीरे सहभागी थिए ।
पुस्तक बिमोचनतर्फ व्याकुल पाठकद्वारा सम्पादित, रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ‘नेपाली नियात्रा’ सार्वजनिक भयो । उक्त पुस्तकमा २५ यात्रा संस्मरण संग्रहित छन् । उक्त कार्यक्रममा डा ध्रुवचन्द्र गौतम, निर्मोही व्यास र लेखक स्वयंले बोलेका थिए । कार्यक्रमको सञ्चालन मणि लोहनीले गरेका थिए । विमल निभाको कविता संग्रह ‘डायनोसर जीउँदो छ’को विमोचन जनगायक रामेशले गरे । पुस्तक र लेखक निभाका बारेमा कवि श्यामल, नारायण ढकाल र अमर गिरीले बोलेका थिए ।