Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फर्कनुहोस् पारस ! - Himalkhabar.com

ब्लगआइतबार, साउन ११, २०७१

फर्कनुहोस् पारस !

मिलन बगाले

पूर्वराजा ज्ञानेन्द्र शाहले असार तेस्रो साता ६८औं जन्मदिन मनाए । लामो समय शासन गरेको संस्थाको प्रतिनिधि र भूतपूर्व राष्ट्रप्रमुखका नाताले उनका शुभचिन्तकको कमी छैन ।

गणतन्त्रलाई आत्मसात् गरेका ज्ञानेन्द्रले गद्दी त्यागेपछि दिएका अन्तर्वार्ता, विज्ञप्ति र सम्बोधनहरूले शिष्टताका सीमा तथा शालीनता नाघेका छैनन् । त्यसैले, उनको आलोचनामा कसैले मसी खर्चिनुपरेको पनि छैन ।

ज्ञानेन्द्रले जन्मदिन मनाएको साता दिनमै उनका एक मात्र सुपुत्र पारस भने थाई राजधानी बैंकक्स्थित होटलबाट १२ ग्राम गाँजासहित समातिएको खबर सार्वजनिक भयो ।

यसअघि पनि लागूपदार्थकै कारण उनी दुई पटक पक्राउ परिसकेकाले थाई सरकारले अब भिसा नथप्ने भएको अखबारहरूले जनाएका छन् । अब उनीसँग अर्कै देश जानु या नेपाल फर्कनुको विकल्प छैन ।

राजसंस्था हटेर युवराजको पगरी खोसिएसँगै पारस विदेशिएका हुन् । राजसंस्था पतनको एउटा कारक पारसलाई मान्ने नेपाली थुप्रै छन् । २३ साउन २०५७ मा शाहजादा पारसले हाँकेको गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको ज्यान गएपछि उनको सार्वजनिक छवि धमिलिन थालेको थियो ।

त्यसबेला लाखौंले हस्ताक्षर गरेर पारसमाथि कारबाही हुनुपर्ने माग गरेका थिए, तर दरबारभित्रका श्री ५ हरू कानूनभन्दा माथि थिए । राजा वीरेन्द्रले पनि उद्दण्ड भतिजालाई सुधार्ने चेष्टा गरेनन् । ज्ञानेन्द्रले पनि सदैव ढाकछोपको सहारा लिइरहे ।

ज्ञानेन्द्रका पूर्व सैनिक सचिव विवेककुमार शाहले पनि यसबारे आफ्नो संस्मरण मैले देखेको दरबार मा चर्चा गरेका छन् । त्यसबेला नेपालीहरू भावी राजाको उद्दण्डताबाट तर्सिनु स्वाभाविकै थियो ।

कतिसम्म भने, आफ्ना पिताको प्रत्यक्ष शासनकालमा पारसले श्रीमती हिमानीलाई गोली हानेको ठूलो हल्ला फैलियो । त्यसलाई मत्थर पार्न नेपाल टेलिभिजनमा हिमानीले बसन्तपुर दरबार अवलोकन गरेको दृश्य देखाइएको थियो ।

तर, पारस कहिल्यै होशियार भएनन् । पारसले डिस्कोमा मान्छे पिटेको, सडकमा हवाई फायर गरेको लगायतका समाचार बाक्लै आइरहन्थे ।

गणतन्त्र आएलगत्तै पनि उनले चितवनमा नेपाली कांग्रेसकी सुजाता कोइरालाका ज्वाईं रुवेल चौधरीलाई पेस्तोल देखाएर ठूलै काण्ड मच्चाएका थिए । अहिले पारसले बाहिरै बसेर देशको बदनामी गरिरहेका छन् । गलत हर्कतका कारण उनी ‘नेपालका पूर्व युवराज’ भनेर समाचारको हेडलाइन बनेपिच्छे देशको बदनामी भइरहेको छ ।

पछिल्लो पटक बैंकक्मा उनी समातिएको खबर सार्वजनिक हुँदा पत्रकार केदार शर्माले फेसबुकमा लेखे– ‘दुःखद् खबर !
पहिले नेपालमा नै एक–दुई पटक कानून अनुसार कारबाही गरेको भए यी दिन देख्नुपर्ने थिएन !’

हुन पनि, उद्दण्ड शाहजादालाई कानूनभन्दा माथि राखिदिएको दुष्परिणाम उनका परिवारले त भोग्नु पर्‍यो नै, अहिले विदेशमा देशको पनि बदनाम भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शक्तिमा छँदा उनका पुत्र प्रकाशले गलत आचरणका कारण ‘नयाँ पारस’ को उपमा पाएका थिए ।

तर, अहिले गाई र बंगुर पालनमा लागेका उनी असाध्य राम्ररी सुध्रिएका छन् । फेसबुकमा आक्कलझ्ुक्लक आउने प्रकाशका टिप्पणीहरू पनि पहिले हेरी धेरै सुधारिएको छ ।

पारसले पनि प्रकाशको सिको गरे सबैलाई खुशी लाग्ने थियो । त्यसका लागि पूर्वराजाका छोराले पूर्व विद्रोहीका छोराले थालेकै काम गर्नुपर्छ भन्ने छैन ।

पारसको पतनमा कोही नेपाली खुशी छैन । उनैका छोराछोरी पनि अब त बुझने भइसके । उनीहरूलाई अभिभावकत्व दिनुपर्ने व्यक्ति आफैं गाँजा खाँदै हिंडेको देख्दा कसैलाई निको लाग्दैन र पूर्वराजपरिवारका सदस्यहरूको पीडामा सबैको सहानुभूति छ ।

पूर्वराजा ज्ञानेन्द्र, तपाईंले एक्लो छोराको उद्दण्ड क्रियाकलापलाई ढाकछोप गर्दा धेरै पीडा सहनुपरेको छ । परदेशतिर परिवार र देशको बदनाम गरिरहेका पारसलाई अब यतै ल्याउन केही उपाय निकाल्नुस् । फेरि बन्दूक पड्काउँदै हिंडेछन् भने प्रहरीलाई जिम्मा दिने कठोरता पनि देखाउनुस् ।

पारसजी, तपाईं युवराज हुन जन्मनुभएको थियो, त्यसैले राजा हुन सक्नुभएन, तर जिन्दगी सार्थक बनाउने हजार उपाय छन् । तपाईं विदेशतिर नबरालिई यतै आउनुस् र सुध्रिनुहोस् । सुध्रन खोज्नुभयो भने क्षमाशील नेपाली समाजले तपाईंको विगत सजिलै बिर्सिदिन्छ ।

आखिर, एकबारको जिन्दगी यसरी फाल्ने चिज पनि होइन । ढिलो–चाँडो सत्कर्ममा हिंड्ने सबैको जय होस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>