खेलकुदआइतबार, साउन ११, २०७१
३६ वर्षे ड्रोग्बा फेरी चेल्सी फर्किए
इंग्लिस क्लबसँगको एक बर्षे संझौता सफल भएपछि ड्रोग्बा दोस्रो पटक जोसे मोरिन्होको कमाण्डमा चेल्सीको जर्सीमा देखापर्न लागेका छन् ।
यसअघि सन् २००४ देखि २०१२ सम्म लगातार ड्रोग्बाले चेल्सीबाट खेलेका थिए । उमेरका कारण बेञ्चमा बस्नुपर्ने भन्दै उनले क्लबबाट विदा लिएका थिए । लण्डन क्लब छोडेपछि उनले चीनको सांघाइ सिन्हुवा र टर्कीको गालाटासरे क्लबमा पनि पसिना बगाए ।
“यो एउटा सजिलो निर्णय थियो, मैले जोसे मोरिन्हो जस्तो प्रशिक्षकले राखेको निर्णय अस्वीकार गर्न सक्दिनथे ।” ड्रोग्बाले भने, “सबैलाई थाहा छ, चेल्सीसँगको मेरो सम्बन्ध बारे, जब म यो क्लबमा हुन्छु, तबसम्म म आफ्नै घरमा रहेको महसुस गर्छु ।”
ड्रोग्बा फ्रि ट्रान्सफरमा चेल्सी आएका हुन् । आइभरी कोष्टकासमेत कप्तान रहेका डो«ग्बा चेल्सीका समर्थकका नजरमा सर्वकालिक महान् फुटबलरका रुपमा यसअघि नै चिनिइसकेका छन् । उनले ३४१ क्यापमा १५७ गोल गरेसँगै यसको पुष्टि हुन्छ ।
दुई बर्षअघि चेल्सीलाई च्याम्पियन्स् लिगको उपाधि पहिलोपटक जिताउने क्रममा ड्रोग्बाले बायर्न म्युनिखबिरुद्ध निर्णायक प्यानल्टी गोल गरेका थिए ।
फेरी चेल्सीलाई उपाधि जिताउने सपना देखेका ड्रोग्बाले भने, “मेरो इच्छा अझै मरेको छैन, त्यसैले म टोलीलाई उपाधि जिताउन धेरै अवसरहरु सृजना गर्न चाहन्छु ।”
मोरिन्होले ड्रोग्बालाई २००४ मा २४ मिलियन पाउण्ड तिरेर चेल्सी भित्र्याएका थिए । तर क्लबकै चौथो सर्वाधिक गोलकर्तालाई फेरि क्लबमा ल्याउँदा फ्रि ट्रान्सफरमा ल्याएको छ ।
“ड्रिडियरलाई हामीले पुनः ल्याउनुको कारण उनी युरोपकै बेष्ट स्ट्राइकर भएकोले हो,” मोरिन्होले भने, बताए, “उनी अझै धेरै इतिहास बनाउन योग्य भएकोले ल्याइएको हो ।”
आफ्नो देशको फुटबल इतिहासमै सर्वाधिक गोलकर्ता रहेका ड्रोग्बाले आइभरी कोष्टका लागि १०४ खेल खेल्दै ६५ गोल गरिसकेका छन् ।
एजेन्सी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
