खेलकुदबुधबार, साउन १४, २०७१

ज्याक क्यालिसले सन्यास घोषणा गरे

हिमालखबर

गत डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका दक्षिण अफ्रिकाका स्टार क्रिकेटर ज्याक क्यालिसले वानडे क्रिकेटबाट पनि सन्यास लिएको घोषणा गरेका छन् । त्यसबेला उनले सन् २०१५ को विश्वकपसम्म वानडे खेल्ने बताएका थिए ।

एक विज्ञप्ति जारी गर्दै क्यालिसले भनेका छन्, “एउटा अर्को विश्वकप खेल्ने सपना अब धेरै टाढा छ भन्ने मैले श्रीलंकामा महशुस गरें । त्यसबेला मैले मेरो खेलको समय सकिएको बुझिसकेको थिएँ ।”

यद्दपी उनले कोलकाता नाइट राइडर्सका तर्फबाट इण्डियन प्रिमियर लिग (आइपीएल) भने खेल्ने बताएका छन् ।

“म सबै क्रिकेटबाट भने विदा हुन लागेको छैन,” क्यालिसले भनेका छन्, “सिडनी थण्डरसँग मेरो दुई वर्षको करार बाँकी नै छ, कोलकाता नाइट राइडर्सलाई आइपीएलको उपाधि जिताउनु छ ।”

दक्षिण अफ्रिकी क्रिकेटका प्रमुख कार्यकारी हारुन लोगार्टले ज्याक क्यालिसका रुपमा दक्षिण अफ्रिकाले विश्वकै उत्कृष्टमध्येका क्रिकेट खेलाडी पाएको बताएका छन् ।
बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...