Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जंगबहादुर राणाको दाउ - Himalkhabar.com

टिप्पणीबिहीबार, साउन १५, २०७१

जंगबहादुर राणाको दाउ

ज्ञानमणि नेपाल

विक्रमको बीसौं शताब्दीको तेस्रो दशाब्दीमा रूसी बादशाहले ब्रिटिश बादशाहद्वारा शासित हिन्दूस्तानमा आक्रमण गर्न ठूलो सैन्य अभियान थालेको, सो अभियान यारकन्दबाट अफगानिस्तानहुँदै पञ्जाब–लाहोर आइपुग्ने र यसबाट सुदूरपश्चिम नेपालमा पनि चढाइ गर्ने प्रबल सम्भावना रहेकोले हिन्दूस्तानको आकाशमा मडारिएको कालो बादलको छाया नेपालमा पनि अवश्य पर्ने हौवा बन्यो। हिन्दूस्तानका गोर्खाली पल्टनमा पनि यसबाट ठूलै खैलाबैला मच्चियो। नेपाली लाहुरेहरूले सो खबर नेपालभरि फैलाए। हिन्दूस्तानका अखबारका पाना पनि यही खबरले भरिए।

तस्वीरः द रानाज अफ नेपाल

यसरी रूसले हिन्दूस्तानलाई लिन्छ–लिन्छ भन्ने हल्ला चल्दा श्री ३ जंगबहादुर राणा शिकार खेल्न तराई झ्रेका थिए। उनले कमला सवारी शिविरमा भाइभारदार र अफिसरहरूलाई आफ्नो अन्तरिक राजनीतिका कुरा कहेका थिए। त्यसबाट पनि उनले अंग्रेजसँग न खुलस्त मिल्ने न त प्रत्यक्ष जुध्ने द्वैध कूटनीति अपनाएका थिए भन्ने प्रष्ट हुन्छ। शुरूमा उनले अंग्रेजसँग मिल्ती गरी उसका भारतीय विरोधीलाई पन्साएर सुगौली सन्धिबाट गुमेको पश्चिम तराई फिर्ता ल्याएका थिए।

यद्यपि, ‘नयाँ मुलुक’ भनिएको त्यो जमीन तात्कालिक नेपालका लागि उस्तो फाइदाजनक थिएन। नयाँ मुलुक (अहिलेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) पूर्वी तराई जस्तो गुल्जार थिएन। त्यसमाथि, ब्रिटिशहरूले शुरूमा राप्तीपूर्वको भूभाग मात्र फिर्ता गरे– वनै वनको महत्वहीन भूमि झैं गरी त्यस पश्चिमको भूभागलाई आफ्नै नियन्त्रणमा राखिरहे। तात्कालिक नेपाललाई त्यति आयस्ता नदिने त्यो भूभाग सारा भारतलाई रेलमार्गको जालोले बेर्न लागेका ब्रिटिशका लागि सुन जस्तो थियो। उनीहरूलाई रेलको पटरी विछ्याउन ठूलो मात्रामा सखुवाको काठ र चुरेको ढुंगा–गिटी चाहिएको थियो। यता जंगबहादुरको दाबी कुमाउ–गढवालसम्म फिर्ता गराउनेमा थियो। त्यो नपाउँदा उनको मन कुँडिइरहेको थियो। उनी त्यो असन्तोष बेला–मौकामा पोखी पनि रहन्थे।

चार बादशाहको चेपुवा

त्यसबेलाका चार बादशाह– रूस, चीन, दिल्ली र बेलायतमध्ये समुन्द्रको बादशाह भनेर चिनिन्थ्यो, बेलायत। त्यसले दिल्लीलाई खाएर आफ्नो पनि अङ्गभङ्ग गरिदिएपछि नेपाल चिनियाँ बादशाह गुहार्न पुगेको थियो। तर, ठूलो प्रयास गर्दा पनि चीनबाट अपेक्षा अनुरुपको सहयोग नपाएपछि नेपालले रूसी बादशाहलाई समेत सम्झ्ेको थियो। त्यस्तो अवस्थामा रूसले अंग्रेजी साम्राज्य हान्न लागेको समाचार सुन्न पाउँदा जंगबहादुर ‘मौका पर्खी बस्ने पौरखीलाई एक न एक दिन औसर आउँछ, पुरुषार्थीले औसर छोप्न सक्नुपर्छ’ भन्ने नीति वचन सम्झ्ँदै पुलकित भएका थिए।

कमला किनारको शिकारी सवारी मुकाममा भाइछोरा र भारदारहरूका सामु जंगको मुखबाट अन्तर्मनको त्यही भावना निस्केको थियो। त्यसबेला उनले ‘हिन्दूस्तानमा रूसको हमला हुँदैछ, सो हाम्रो पश्चिम नेपालसम्म पनि आउन सक्छ, उसले नेपाली शासकलाई हामीसँग मिल्न आउ घा (सन्धि) गरौं भन्न सक्छ, त्यसबेला ब्रिटिशसँग तपाईंहरू हाम्रा मित्रलाई छाडेर हामी विरन्तरीसँग मिल्दैनौ, पहिले विप्लवमा जस्तै विपक्षी हटाउन भरमद्दत गर्छौं, हामीलाई सैन्य बल बढाउन युद्ध सामग्री, हातहतियार गोलीगट्ठा प्रशस्त चाहिन्छ, बीस हजार सेनालाई बन्दूक, ब्रिज लोडर २४ तोप, तिनलाई चाहिने खरखजाना सबै देऊ भन्नू, ब्रिटिश सरकारले हामी त्यस्तो खर्च दिन सक्तैनौं भन्यो भने यही माग रूससँग राख्नू, तर यो चाहिं रूस हिन्दूस्तान पसेपछि मात्र गर्नु, यूरोपीयसँग कुरा गर्दा आफ्नो भेद कहिल्यै नखोल्नू प्रचार गरिदिन्छन्, तिनको विश्वास गर्नुहुँदैन’ भनेका छन्।

जंगबहादुर शिकारबाट फर्कंदाको संयोग कस्तो भने ब्रिटिश रेजिडेन्ट भायसरायका छोरासहित केही अंग्रेज अफिसरहरू चित्लाङ्गमा उनीसँगै बास बस्न आइपुगेछन्। त्यो मौकामा जंगबहादुर स्वयं अंग्रेजहरूको बास शिविरमा गएर कुरा गरे। त्यसबेला अंग्रेजहरूले ‘नेपाललाई जे चाहिन्छ सो सबै हामी दिन्छौ, भरमद्दत हामी नै गर्छौं, धन्दा मान्नुपर्दैन, नेपाललाई आपत् विपत् केही आइपर्‍यो भने अवश्य गुहार दिनेछौं’ भनेर जंगलाई आश्वस्त पारेका थिए।

देशको जनबल–धनबल बाहिर जान दिंदै दिनुहुन्न भन्ने जंगबहादुरको विचार थियो। देशका युवकहरूलाई भर्ना गरेर सैन्य संख्या बढाउने, तिनलाई सधैं शस्त्रसज्जित र तम्तयार राख्ने र सलले नभए बलले पनि आफ्नो भूमि फिर्ता लिने उनको भित्री आकांक्षा थियो।

१९२९ सालको सवारी मुकाम कमला नदीमा
श्री ३ महाराजबाट हुकुम भयाको कुरा

रुस् आई अरु सेट्याल यसियाका राजाहरूसंग भयाका बेपारको घावमोजीम यांहा पनि घा गर गर्दैनौ भन्या लड्न तयार हौ भनि भन्यो भन्या दिन्या जबाब– १ पहिले बृटिश गवरमेन्टसंग तिम्रो हाम्रो धेरै दिनदेखि दोस्ति भै तिमीहरूलाई हामीले मानि आयाको हो, आज हाम्रा ढोकाका नजदिक रुस आइरहेछ, जस्तै अघिदेखि मानि आयाका छौं, सोही बमोजिम हामिलाई मानी बस्, तेसलाई हामी हटाई देउला भंछौ भन्या हाम्रो मंजुर छ, तेसलाई हटाइदेउ हामी हटाउन सकदैनौं, तिम्रो मुलुकको जसो गरी रक्षा हुन्छ आफै गर, तिम्रो सरोकार हामीलाई छैन, भंन्छौ भन्या यही बेहोरा लेखि हामीलाई जवाफ देऊ र जन उपायले होला आफु बचाउ हुन्या पाठ गरला भनि बृटिश गवरमेन्टसंग कुरा कहानी गरी लिखत लिनु रुसलाई हामी हटाउंछु धंदा मान्नुपर्दैन भनि भन्यो भन्या २४ तोप र २० हजार फौज म तयार गर्छु तेतिलाई पुग्न्या ब्रिजलोडर ऐको षजाना र अरु जो जो चाहियाको देउ र तिम्रा सल्लाह बमोजिम् भर्मगदुर गरुंला भनि भंनु पाइयो भन्दा रुसलाई बृटिश सर्कारसंग धेरै लडायी भै घा अहद गरी उनीलाई मानी आयाको छ, यो कुराको सवाल उनिसंग गर भनि जवाफ दिनु– २

कदाचित् तिम्रो पनाह लिन हामी सकदैनौं भनि बृटिश सर्कारबाट जवाफ मिल्यो भन्या रुसले लाहुरसम्म आइपुग्या पछी यति तोप येति फौज हामी तयार गरी ल्याउछौ, वि्रज लोडर उतिलाई पुग्न्या गरी खरखजाना देउ रीझबापत हाम्रा पुरानो मुलुक गढकुमाउ र अरु जगा जो मिलोस् अंग्रेजलाई मानी आयाबमोजीम् तिमीलाई मान्नालाई र तिमीसित लड्नामा हामी तयार छौ भनि पठाउनु– ३

ई उरोपियानसंग राजकाजको कुरा काहानी गर्दा भित्री चेवाचर्चा गरी पठाउनु हुदैन, अखवारमा छापी जाहेर हुंछ, तर निमीत्त रुस लाहुरमा आई पुग्या पछी मात्र कुरा गर्न हुंछ बिच चेवा मार्फत कुरा गरी पठाउन हुदैन– ४

जंगका मुंसिहरूको टिपोट

यो माथि लेखियाको मुद्दामा २९ साल मीति फागुन वदी ११ रोज १ का दीन चीतलाङ मुकाममा श्री ३ महाराजबाट मेजर जनरल केदारनरसिं राणालाई समेत साथ ली रजिडंट साहेब मिष्टर गर्डीलस्टोन भाइसरोवायका छोरा मिष्टर वीयाटिंरमुसाहेब कप्तान विडल तीनै जना बसी रह्याको वेलामा निजहरूका तंवुमा सवारी भै यारकदतर्फ पनि रुसले दखल गर्दे आयो भंन्या खवर छापामा लेखी आयाको रहेछ, सो कुरा साँचो ठहर्‍यो भन्या हाम्रो जुम्लाको नजिक आई पुग्यो हामीलाई पनि दहसत हुन्या भयो, केही गरी रुससँग जोरीयो भन्या हामीलाई पनि कठीन भयो, यसो भयो भन्या बृटिश सर्कारबाट मद्दत होइसक्छ, सकदैन भनी सोधी बक्सदा साहेबहरूले बृटिश सरकारले आफ्ना बचाउ र फाइदा निमित्त पनि नेपाल सर्कारलाई उस्तो परी आयो भन्या भरमगदुर मद्दत दी सोतंत्रता थामी दिन्याछन् यसमा संदेह छैन, भन्या जवान जवाव दिया शुभम्

(स्रोतः मुन्सिखाना)

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>