समाचारसोमबार, आश्विन ८, २०६९
सरकार हटाउन तेह्र दलले आन्दोलन गर्ने
“सरकारलाई हटाउन यो एक प्रकारको मोर्चाबन्दी पनि हो” बैठकमा सहभागी नेकपा–माओवादीका नेता सीपी गजुरेलले भने, “सरकार हटाउने मुख्य विकल्प आन्दोलन नै हो ।” वर्तमान सरकारको बहिर्गमनपछि मात्रै नयाँ सरकारका बारेमा कुरा हुने उनले वताए ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धनले आफ्नै मोर्चा बनाएर आमसभा र र्याली गर्ने निर्णय गरी सहमतिको बाटो बन्द गरेको आरोप लगाए । सरकारलाई ‘विकृतिको मुख्य कारक’ भन्दै उनले जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने कार्यमा सबैभन्दा ठूलो बाधक सरकार नै रहेको टिप्पणी गरे । “हामी एकत्रित भएर सरकारलाई जबरजस्त आन्दोलनको बलमा हटाउँछौ र राष्ट्रिय सरकार निर्माण गर्छौ,” पौडेलले भने । आन्दोलनको खाका ११ असोजमा बस्ने संयुक्त बैठकले निर्धारण गर्ने उनले जानकारी दिए ।
बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा–माओवादी, मधेशी जनाधिकार फोरम नेपाल, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी सहभागी थिए ।
६ असोजमा बसेको सत्ता पक्षीय गठबन्धनको बैठकले १७ असोजदेखि २६ असोजसम्ममा मुलुकका पाँच स्थानमा आमसभा गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
