Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फिल्मी हिरोइनका ‘रियल हिरो’ - Himalkhabar.com

रमझममंगलबार, आश्विन ९, २०६९

फिल्मी हिरोइनका ‘रियल हिरो’

Rishiram Kattel

करिश्मा मानन्धर र बिनोद मानन्धर

चलचित्र कस्तूरी मा काम गर्दागर्दै अङ्कुराएको प्रेमलाई तत्कालै विवाहमा परिणत गराएका थिए करिष्मा केसी र विनोद मानन्धरले । विवाह के हो भन्ने थाहा नपाउँदै फिल्मका निर्माता तथा कलाकार विनोदसँग दुई दशकअघि विवाह गरेकी करिष्मालाई त्यतिबेला आफूले ‘पर्फेक्ट डिसिजन’ गरेको जस्तो लाग्छ । केही वर्षयता ललितपुरको गोदावरीमा फिल्म सुटिङ स्टुडियो संचालन गरेर बसेका विनोदको साथ र सहयोगकै कारण आफू यस उचाइमा पुगेको करिष्माको भनाइ छ । “उहाँले हरेक कुरा बुझिदिनुभएको छ । क्षमतावान र व्यावहारिक हुनुहुन्छ”, करिष्मा भन्छिन् । फिल्मी दुनियाँ र परिवार फरक कुरा भएको बताउँदै चलचित्रका हिरो र आफ्नो जीवनको हिरोइनको तुलना भन्दा पनि आफ्नो नजरमा आफ्नो श्रीमान राम्रो भएको करिष्मा बताउँछिन् ।

झरना थापा र सुनिलकुमार थापा

पहिलो पटक दाइजो चलचित्रमा कलाकारको रूपमा काम गर्दागर्दै प्रेम–विवाहमा बाँधिएकी झरनाका पति चलचित्र निर्माताका साथै व्यापारी पनि हुन् । प्युठानमा जन्मेकी झरना क्याम्पस पढ्ने क्रममा राजधानी काठमाडौं भित्रिएपछि सुनिलसँग भेट भएको थियो । १४ वर्ष पहिले विवाहबन्धनमा बाँधिएपछि नायिकाको रूपमा चम्किएकी उनी यो उचाइमा पुग्न श्रीमान्को साथ महत्वपूर्ण रहेको बताउँछिन् ।

ऋचा घिमिरे र शंकर घिमिरे

“मेरो फिल्मी करिअर आजको अवस्थामा आइपुग्न उहाँको सहयोग पाइला–पाइलामा छ । भाग्यमा लिएर आएको हिरो मैले सोचेभन्दा धेरै माथिको पाएकी छु”, झरनाले भनिन् । “मेरो श्रीमान् त मलाई सिनेमाको हिरो भन्दा नि राम्रो लाग्छ । सुनिल सक्षम नागरिक मात्र नभएर मेरा लागि वास्तविक जीवनकै हिरो हो”, नायिका झरना थापाले आफ्नो साँच्चिकै हिरो सुनिलकुमार थापाको प्रशंसा गर्दै भनिन् । “तपाईं आफैं बुझ्नुस् न हिरो कि हिरोइन कस्ती भन्ने” उनले ठट्टा पनि गरिन् ।

ऋचा घिमिरेले चलचित्र निर्देशक शंकर घिमिरेसँग विवाह गरेको दुई वर्ष पुग्यो । ऋचा र शंकरको सहयात्रा दाम्पत्य जीवनमा मात्र सीमित छैन दुवै मिलेर चलचित्र पनि बनाइरहेका छन् । राम्रो नायिकाको छवि बनाइसकेकी ऋचालाई राम्रो निर्देशकको लाइनमा उभिएका शंकरले हृदयदेखि नै मनपराएको बताएपछि आमासँग हात माग्न आएर विवाह भएको बताउँछिन् उनी । भन्छिन्, “मलाई मन पराउने धेरै थिए, तर भाग्यमा उहाँ नै लेखिएको रहेछ । उहाँले मलाई धेरै मन पराएको रहेछ, मेरी ममीसँग मलाई माग्न आउनुभयो र हामी एक भयौं ।”

अरुणीमा लम्साल र अमित अर्याल

दुवै एउटै पेशामा हुँदा हरेक कुरामा सहज भएको बताउँछिन् ऋचा । ऋचा आफ्ना पति शंकरको व्यवहार राम्रो भएको बताउँछिन् । “लुक्समा केही भन्दिनँ तर भित्री सौन्दर्य चैं धेरै राम्रो छ । त्यसैले आफ्नो जीवनको हिरोबाट आफू सन्तुष्ट छु”, ऋचाले बताइन् ।

अरुणिमा लम्सालले पनि ६ वर्ष पहिले विराटनगरका अमित अर्यालसँग प्रेम–विवाह गरेकी थिइन् । ब्याङ्कर अर्याल अहिले फाइनान्सको महाप्रबन्धकका रूपमा राजधानीमै कार्यरत छन् । अरुणिमा विराटनगरमा प्लस २ पढ्दै ताकाको पे्रम सम्बन्धलाई २०६२ मा विवाहमा परिणत गरेका थिए अर्यालले । पर्दामा हिरोसँग आफ्नी श्रीमतीका रोमान्सका दृश्य हेर्दा शुरूमा असहज लागे पनि अहिले त्यो उनको काम हो भन्ने बुझेका छन् अमितले । “यो क्षेत्र नै यस्तै हो भनेर सामान्य रूपमा लिने गरेकी छु”, अरुणिमा बताउँछिन् ।

मेलिना मानन्धरले लामो समय जापान बसेर फर्केका मुकेश ढकालसँग चार वर्ष पहिले विवाह गरेकी थिइन् । विवाह गरेपछि यी नायिकाका पति अरूका पनि हिरो बनेका छन् । अर्थात् उनी चलचित्रका चल्तीका हिरोमा दरिंदैछन् । मेलिना भन्छिन् “उहाँ अब मेरो मात्रै हिरो हैन, दर्शकको पनि हिरो भइसक्नुभएको छ, यो मेरो लागि खुशीको कुरा हो ।”

मेलिना मानन्धर र मुकेश ढकाल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>