Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विज्ञान तथा प्रविधि सम्मेलन सुरु - Himalkhabar.com

रमझममंगलबार, आश्विन ९, २०६९

विज्ञान तथा प्रविधि सम्मेलन सुरु

हिमालखबर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)द्वारा आयोजित तीन दिने सम्मेलनमा नेपाल, भारत, चीन, बङ्गलादेश, पाकिस्तान, जापान, कोरियालगायत देशका एक हजारभन्दा बढी वैज्ञानिक तथा प्रविधिको सहभागिता छ ।

नाष्टको संयोजनमा हरेक चार÷चार वर्षमा हुँदै आइरहेको सो सम्मेलनमा ५४२ वटा कार्यपत्र तथा सहभागी देशका विशिष्ट वैज्ञानिकले प्रवचन दिनेछन् । साथै पछिल्लो समय विकसित नयाँ प्रविधिबारे पनि सहभागीबीच अनुभव आदानप्रदान हुनेछ ।

प्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्मेलनको शुभारम्भ गर्दै विकासोन्मुख देशले विज्ञान तथा प्रविधिमा भइरहेकोे विकासको अधिकतम उपोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “यसका लागि सरकारले विज्ञान तथा प्रविधिका क्षेत्रमा लगानी बढाएको छ ।”

नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री डा भट्टराईले वैज्ञानिक तथा प्राविधिकको प्रतिभा पलायन रोक्न सरकारले वैज्ञानिकको प्रोत्साहनका लागि थप कार्यक्रमहरु ल्याइने जानकारी दिनुभयो ।

नेपालमा हाल विभिन्न क्षेत्रमा ४४ हजार वैज्ञानिक तथा प्राविधिकहरु रहेका छन् । तीमध्ये कति विदेशमा पलायन भए भन्ने यकिन छैन । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>