Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राजनीतिक सम्बन्ध पुनस्र्थापनाको अवसर - Himalkhabar.com

सम्पादकीयसोमबार, साउन १९, २०७१

राजनीतिक सम्बन्ध पुनस्र्थापनाको अवसर

हिमालखबर

१७ वर्षपछि बएको भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंमा उत्पन्न तरङ्गले नेपाल–भारत सम्बन्धको गहिराइ र बहुआयामिक चरित्रलाई स्पष्ट पार्छ । त्यसैले, भारतका प्रधानमन्त्री नरेन्द्रभाइ मोदीको करीब ३६ घन्टे नेपाल भ्रमणले वर्षौंसम्म प्रभाव पार्ने अपेक्षा बढ्नु अस्वाभाविक होइन । साँध जोडिएको छिमेकीको उच्चस्तरीय भ्रमण, विगतको सम्बन्ध, पछिल्ला वर्षमा भारतले देखाएको व्यवहारले काठमाडौंमा आशंका पनि छ ।

तर, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भर्खरैको भ्रमणले आशंकाभन्दा बढी राजनीतिक सम्बन्ध पुनस्र्थापनाको आशा जगाएको छ । बहुलवादी नेपाली समाज लामो समयदेखिको यसकै प्रतीक्षामा थियो ।
मोदीको भ्रमणलाई लिएर अहिले पनि नेपाली बौद्धिक जमात दुई भागमा बाँडिएको छ । भारतसँग सहमति र सम्झैता हुनुपर्ने पक्षमा रहेको ठूलो समूह जसरी भए पनि ऊर्जा व्यापारमा ‘ब्रेक थ्रू’ होस् भन्ने आकांक्षा राख्छ । दोस्रो समूह भने विगतका सन्धि–सम्झैतामा नेपालको अहित भएको दृष्टान्त दिएर सहमति गर्दा मुलुकलाई दीर्घकालसम्म पिरोल्ने आशंका गर्छ । तर, यी दुवै विचार देशका लागि हितकारी छैनन् । हामीले हाम्रो हितलाई राम्ररी खुट्याएर निर्णय लिनुपर्ने आवश्यकता छ ।

कूटनीतिक सम्बन्ध गाँसिएका मुलुकका सरकारप्रमुखहरूको भ्रमण स्वाभाविक प्रक्रिया हो । तर, भारतीय प्रधानमन्त्री यता आउन १७ वर्ष लागेकाले मोदीको भ्रमण ‘विशेष’ बनेको हो । भारतीय जनता पार्टी सम्पूर्ण भारतको कमाण्ड सम्हाल्दै पहिलो पटक दिल्लीमा पुगेकाले पनि मोदीको भ्रमण यहाँ विशेष बन्न पुगेको हो ।

ब्रिटिश इन्डियापछि नेपालको हरेक सत्ताले भारतसँग भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस–आई) सँगको राजनीतिक सम्बन्धलाई आधार बनाएर सम्बन्ध राखेको थियो । भारतको स्वतन्त्रता संग्राममा नेपालीहरूको संलग्नता र नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको सहयोगमा पनि त्यही पार्टीसँगको सम्बन्धकै भूमिका प्रमुख थियो । लामो समय नेपालसँग राजनीतिक–‘रणनीतिक’ सम्बन्ध राखेको कंग्रेस आईको ठाउँमा सन् १९९९ मा भारतीय जनता पार्टी सत्तासीन भएपछि भने भारतले नेपालसँगको सम्बन्ध प्रशासनिक–गुप्तचरीको तहबाट राख्न थालेको महसूस भयो । पछि कंग्रेस आई नेतृत्वको गठबन्धन पुनः सत्तासीन बने पनि भारतले त्यसै गरिरह्यो ।

यसरी पारम्परिक सम्बन्धमा उतार–चढाव आउनुमा नेपालमा माओवादी हिंसात्मक विद्रोह हुनु प्रमुख कारण रह्योे । माओवादी विद्रोहले भारतको प्रशासनिक–गुप्तचरी सम्बन्धको पुठ पाएर राजनीतिक पहिचान बनायो भने भारतले पनि त्यसलाई डिल गर्न तिनै संयन्त्र उपयुक्त सम्झ्यिो । अहिले सत्तारोहणपछि छिमेकप्रति देखिएको मोदीको ‘गेस्चर’ ले भने उनी सम्बन्धलाई राजनीतिक बनाउन चाहन्छन् भन्ने बुझ्न्छि । जुन कुरा विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका बेला पनि देखियो ।

तर, मोदीले नेपालको लोकतान्त्रिक सत्तासँग मात्र राजनीतिक सम्बन्ध राख्नेछन् भन्ने बुझनु भने गलत हुनेछ । मोदीले नेपालको सत्ता र शक्ति रहेकासँगै राजनीतिक सम्बन्ध बनाउने छन् । शपथग्रहण समारोहमा फरक चरित्रको सत्ता र सम्बन्ध भए पनि श्रीलंका, पाकिस्तान, माल्दिभ्स र नेपालसँग एकनासको व्यवहारको अन्तर्य पनि त्यही हो । प्रम मोदीले लामो समयपछि भारतप्रतिको एकनिष्ठामा विभाजित भूटानको पहिलो भ्रमण गरे भने विदेशमन्त्री स्वराज पनि चीनसँग घनिष्ठ बनेको बङ्गलादेश गइन् । जुन छिमेकको मन जित्नकै लागि गरिएको प्रयासको एक कडी हो । तसर्थ अहिले नेपालप्रति देखिएको रुझन पनि भावावेशमा आएर होइन अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थितिको बलियो आधार निर्माणका लागि हो ।

मोदीको नेपाल भ्रमणलाई क्षेत्रीय भूराजनीतिमा आएको परिवर्तनसँग गाँसेर हेर्नुपर्छ । त्यही कारण मोदीले छिमेकसँगको सम्बन्धलाई नयाँ रूपमा विकसित गर्न खोजेका हुन् । छिमेकसँगको सम्बन्ध सुधार गरेर मोदी चीन र पश्चिमाहरूसँग डिल गर्न चाहन्छन् । विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणमा जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपालले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा भारतलाई सघाउने कुरा उल्लेख हुनुले त्यही देखाउँछ ।

तर, मोदीको यो ‘डिप्लोमेसी’ बाट नेपालले तर्सिनुपर्दैन । बरु, नेपालले यो मौकालाई भारतसँगको सम्बन्धलाई अर्थपूर्ण बनाउने अवसर बनाउनुपर्छ । उनको ‘प्रो–बिजनेश’ छविबाट फाइदा लिनुपर्छ ।

यतिबेला काठमाडौंमा द्वि–देशीय ऊर्जा–व्यापार, पञ्चेश्वर आयोजना, जलविद्युत् आयोजना निर्माण, मध्यपहाडी लोकमार्गको स्तरोन्नति, हुलाकी राजमार्गको निर्माणमा तदारुकता, फास्ट ट्रयाक सडक, एक्जिम ब्याङ्कको सहुलियतपूर्ण ऋणमा वृद्धि, व्यापार अवरोध हटाउने लगायतका विषय चर्चाको चुलीमा छन् । तर, दुवै मुलुकले फाइदा हुने महसूस नगर्दासम्म यी विषय सम्झैतामा परिणत हुने छैनन् ।

एउटा कुरा चाहिं के निश्चित छ भने अहिले कुनै सम्झैता भएन भने पनि यो पटक भारतको बदलिएको डिप्लोमेसीले नेपालको प्रष्ट दृष्टिकोण पाउनुपर्छ । त्यसो हुनु भनेको नै द्विपक्षीय सम्बन्धको नयाँ सुरुआत हो । त्यसले राजनीतिक सम्बन्ध पुनस्र्थापित भएको प्रमाणित पनि हुनेछ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>