खेलकुदमंगलबार, साउन २०, २०७१

राष्ट्रिय यु–१२ टोली कोरिया प्रस्थान

हिमालखबर

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा २० साउनमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् का सदस्य–सचिव युवराज लामा र एन्फाका अध्यक्ष गणेश थापाले एशियन युथ फेस्टिभलमा सहभागी हुन कोरिया जान लागेको यु–१२ टोलीलाई बिदाई गरेका छन् ।

टोलीका अभिषेक बर्माको कप्तानीमा छिरिङ तामाङ, जय गुरुङ, अनिल महर्जन, विनय चौधरी, मनिश थापा, दर्शन गुरुङ, जीवन गुरुङ, आकाश रानाभाट, रेजिन सुब्बा, एलन थापा, निरञ्जन महर्जन र असिम भुसाल र प्रशिक्षक सुनिल श्रेष्ठ छन् ।

एशियन युथ फेस्टिबलसाउन २३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...