रमझमबुधबार, साउन २१, २०७१
कराँतेको आशा
छोरीलाई कराँते च्याम्पियन बनाउने वीरबहादुर बिष्टको धोकोलाई अञ्जुले सानै उमेरमा साकार बनाउन थालेकी छन्। आठ वर्षको उमेरदेखि कराँते खेल्न थालेकी उनले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका १८ स्वर्ण सहित थुप्रै पदक जितेर आफूलाई हुने बिरुवाको चिल्लोपात देखाएकी छन्। डडेल्धुराको नवदुर्गा–१ चिल्फीकी उनी अहिले १६ वर्ष पार गरेपछि मात्र पाइने ब्ल्याक बेल्ट सेकेन्ड डान को पर्खाइमा छिन्।
अनामनगरको नेपाल क्वान मुकान कराँते डोजो संघमा आबद्व अञ्जु आमाबुबा मजदूरीका लागि भारतको हरियाणामा रहेका बेला ३० साउन २०५६ मा जन्मेकी थिइन्। दुःखले छोरीलाई खेलमा लगाएका बाबुआमा अहिले दंग छन्। छोरीलाई च्याम्पियन बनेको देख्न चाहेको वीरबहादुरले बताए।
अञ्जु पढाइमा पनि कमजोर छैनन्। पुतलीसडकस्थित पद्मोदय उच्च माविमा कक्षा–१० मा अध्ययनरत उनी समय मिलाएर पढाइ र खेल अघि बढाइरहेको बताउँछिन्। दैनिक तीन–चार घन्टा खेलमा बिताइरहेकी अञ्जु भन्छिन्, “खेलेरै आफ्नो र देशको लागि पनि केही गर्छु भन्ने लागेको छ।”
सेन्छेलुङ लिम्बू
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
