अर्थ/बजारबुधबार, साउन २१, २०७१

अर्थमन्त्री महत चीन प्रस्थान

हिमालखबर

चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा अर्थमन्त्री रामशरण महत २१ साउनमा बेइजिङतर्फ प्रस्थान गरेका छन् । नेपालको आर्थिक तथा सामाजिक विकासको अभियानमा चीन सरकारको थप सहयोग र सद्भाव जुटाउने उद्देश्यले भ्रमण तय भएको अर्थमन्त्रालयले जनाएको छ ।

चीनसँगको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने, नेपालको पूर्वाधारको क्षेत्रमा थप सहयोग जुटाउने, आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको सहयोग जुटाउने, दुवै मुलुकका अन्य पारस्परिक हितका विषयमा छलफल हुने कार्यक्रम रहेको अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले जानकारी दिए ।

भारतसँग मात्र होइन पछिल्लो समय उत्तरतर्फको अर्को छिमेकीसँग पनि नेपालको व्यापार घाटा बढ्दै गएको छ । नेपालको चीनतर्फको निर्यात रु दुई अर्ब ५३ करोड र आयात रु ६८ अर्ब ४५ करोड रहेको छ भने व्यापार घाटा ६५ अर्ब रहेको छ ।

अर्थमन्त्री महतले चीन भ्रमणका क्रममा त्यहाँका वाणिज्यमन्त्री गाओ हुचेङसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

यसैबीच, दक्षिण यशियाली क्षेत्रको पूर्वाधार विकासका लागि चीनको अगुवाइमा एशियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको स्थापना हुन लागेको छ । नेपालले उक्त बैंकको संस्थापक सदस्य बन्ने निर्णय गरिसकेको छ ।

सहसचिव मधकुमार मरासिनीको नेतृत्वमा रहेको अर्थमन्त्रालयका अधिकारीको एक टोलीले उक्त बैंकको चौथो बहुपक्षीय परामर्श बैठकमा पनि भाग लिने कार्यक्रम तय भएको छ ।

महत २७ साउनमा स्वदेश फर्कने कार्यक्रम छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>