थप समाचारबिहीबार, साउन २२, २०७१

उद्योगीलाई धम्काउने पक्राउ

senchhelung

वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी र निजी बोर्डिङ स्कूलका संचालकलाई धम्काउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । फोन गरेर धम्की सहित रकम माग्ने वीरगञ्ज पिपराटोल–१७ का महेश पटेललाई प्रहरीले २१ साउन राति पक्राउ गरेको हो ।

उनलाई सिर्सिया ड्राइपोर्ट नजिकबाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले एक थान राइफल र त्यसमा लाग्ने पाँच राउण्ड गोली पनि बरामद गरेको छ ।

विभिन्न भूमिगत समूहमा सलंग्न रहेका उनी २०६५ सालमा पक्राउ परेका थिए । हातहतियार तथा खरखजाना मुद्दामा तीन वर्ष जेल बसेर छुटे पछि उनले उद्योगीलाई धम्की दिएर रकम असुल्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>