खेलकुदशुक्रबार, साउन २३, २०७१

एशियाडका लागि कराते खेलाडी छनोट

हिमालखबर

नेपाल कराते महासङ्घले दक्षिण कोरियाको इचोन शहरमा हुने १७औँ एशियाली खेलकुद प्रतियोगिता (एशियाड)को लागि खेलाडी छनोट गरेको छ ।

नेपाल कराते महासंघले एशियाडका लागि पुरुष एकल कातातर्फ पर्शुराम बास्तोला, ५५ केजी तौल समूहमा विजय लामा, ६७ केजीमा मुकुन्द महर्जन र ७५ केजी तौल समूहमा दिवस श्रेष्ठलाई छनोट गरेको छ । त्यस्तै महिलातर्फ एकल कातामा चन्चला दनुवार, ५० केजीमा अनु लामा, ५५ केजीमा मलीका थापा र ६८ केजी माथि तौलसमूहमा गंगादेवी अधिकारी छनोट भएका छन् ।

एशियाडका लागि २१ जना बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये आठ जना खेलाडी छनोट भएका हुन् ।

प्रशिक्षक महेशकुमार श्रेष्ठ, अनवर शाह, हीरा सिंह डङ्गोल र छोरी डङ्गोलले खेलाडी छनोट गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...