Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन - Himalkhabar.com

रमझमआइतबार, साउन २५, २०७१

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन

हिमालखबर

स्वास्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन्।

श्रेष्ठले २३ असारमा अभिनेत्री  श्वेता खड्कासँग विवाह गरेका थिए ।   उनले निर्माण गरेको हिट फिल्म ‘कहाँ भेटिएला’बाट श्वेताले फिल्ममा डेब्यू गरेकी थिइन् ।  विवाहलगत्तै उनी उपचारका लागि भारत गएका थिए । फोक्सो पानी जमेर डिप निमोनिया भएका श्रेष्ठको अस्पतालमै निधन भएको हो ।

२०४५ सालमा ‘भूमरी’ फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ हिरो भएर अभिनय गरेको पहिलो फिल्म ‘नाता’ हो ।

२०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए। उनी ४७ वर्षका थिए

दर्जनौं हिट फिल्म दिएका श्रीकृष्ण श्रेष्ठ नृत्यमा पनि उत्तिकै निपूर्ण थिए । उनले पछिल्लो पटक निर्माण गरेको फिल्म ‘कोहिनूर’ २३ साउनबाट प्रदर्शन भइरहेको छ ।

उनले आफ्नो मान्छे, आफन्त, जाली रूमाल, उपकार, ए मेरो हजुर, सुख दु:ख, हामी तीन भाइ जस्ता सफल फिल्ममा अभिनय गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>