थप समाचारसोमबार, साउन २६, २०७१

अभिनेता श्रेष्ठको शवयात्रा

हिमालखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अभिनेता श्रेष्ठको शवयात्रा शुरु भएको हो । नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा उपचारको क्रममा २४ साउन राति निधन भएका श्रेष्ठको शव एयर इन्डियाको विशेष विमानबाट २६ साउनमा काठमाडौं ल्याइएको हो ।

विमानस्थलबाट शुरु भएको शवयात्रा नयाँवानेश्वर, माइतिघर, प्रज्ञा प्रतिष्ठान हुँदै पशुपति आर्यघाटसम्म चल्ने छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भने उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

शवयात्रामा उनको शुभचिन्तक, चलचित्रकर्मी लगायत सहभागी छन् । उनको २६ साउनमै आर्यघाटमा दाहसंस्कार गरिने छ ।

उनको सम्मानमा राष्ट्रिय झण्डा ओढाइने र प्रहरीले अन्तिम सलामी दिने गृह मन्त्रालयले जनाएको छ । सरकारले पहिलोपटक कलाकारलाई यस्तो सम्मान दिन लागेको हो ।

सम्बन्धित समाचार

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>