रमझमसोमबार, साउन २६, २०७१
अन्तिम श्रद्धाञ्जलीका लागि अभिनेता श्रेष्ठको शव प्रज्ञा प्रतिष्ठानमा
-ऋषिराम कट्टेल
अभिनेता श्रेष्ठको शव अन्तिम श्रद्धाञ्जलीका लागि अहिले प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । साँझ पाँच बजेसम्म प्रतिष्ठानमा राखिने उनको शवमा अन्तिम श्रद्धाञ्जलीका लागि अहिले शुभेच्छुक, कलाकार, चलचित्रकर्मी लगायतको भीड लागेको छ ।
उनको २६ साउनमै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ । दिल्लीबाट २६ साउन अपरान्ह काठमाडौं ल्याएपछि उनका प्रशंसक, चलचित्रकर्मी लगायतले शवयात्रा गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको शवयात्रा नयाँवानेश्वर, माइतिघर, प्रज्ञा प्रतिष्ठान हुँदै पशुपति आर्यघाटसम्म चल्ने छ ।
उनको सम्मानमा राष्ट्रिय झण्डा ओढाइने र प्रहरीले अन्तिम सलामी दिने गृह मन्त्रालयले जनाएको छ । सरकारले पहिलोपटक कलाकारलाई यस्तो सम्मान दिन लागेको हो ।
नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा उपचारको क्रममा २४ साउन राति अभिनेता श्रेष्ठको निधन भएको थियो ।
सम्बन्धित समाचार
अभिनेता श्रेष्ठप्रति सरकारको श्रद्धाञ्जली
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन