थप समाचारसोमबार, साउन २६, २०७१
बलात्कृत बालिकाको उजुरी प्रहरीले दर्ता गर्न मानेन
महिला तथा वृद्धा सेवा केन्द्र महेन्द्रनगरको संरक्षणमा रहेकी पीडित बालिकाले दिएको उजुरी प्रहरीले दर्ता नगरेको हो । जाहेरी दिएको एक साताभन्दा बढी समय भइसक्दा समेत प्रहरीले जाहेरी दर्ता नगरेको केन्द्रका अध्यक्ष शारदा चन्दले बताइन् ।
तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले भने बलात्कृत भनिए पनि मुद्दामा कुनै आधार नभेटिएकाले मुद्दा दर्ता नगरेको बताए । “प्रमाण दर्ता गर्न केही पनि छैन,” प्रहरी उपरीक्षक चौधरीले भने, “डडेल्धुरामा गर्भपतन गर भनेको छ, प्रमाण ल्याएर आए मुद्दा दर्ता गर्न समस्या हुँदैन ।”
भीमदत्त नगरपालिकाको ऐरीस्थित एउटा घरमा कमलरी बसेकी बालिकालाई घरधनीले बलात्कार गरेको पीडित बालिकाले बताइन् । पीडित बालिकाका अनुसार बलात्कारपछि गर्भ रहेको र बच्चालाई जबर्जस्ती गर्भपतन गराइएको थियो । १० वर्षको उमेरदेखि कमलरी बसेकी बालिका हाल १४ वर्ष भएकी छिन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
