रमझमसोमबार, साउन २६, २०७१

तस्वीरमा अभिनेता श्रीकृष्ण श्रेष्ठको शवयात्रा

हिमालखबर

शब्द/तस्वीरः देबकी बिष्ट

उपचारको क्रममा दिल्लीमा निधन भएका अभिनेता श्रेष्ठको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउनु अघि नै काठमाडौंका सडकमा उनका शुभेच्छुकको भीड लाग्न थालिसकेको थियो । श्रेष्ठका प्रशंसक पशुपति आर्यघाट, कमलादीस्थित प्रज्ञा भवन, पुतलीसडक, माइतिघर, नयाँवानेश्वर, विमानस्थलमा श्रद्धाञ्जलीका लागि उभिएका थिए ।


नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा उपचारको क्रममा २४ साउन राति निधन भएका श्रेष्ठको शव एयर इन्डियाको विशेष विमानबाट २६ साउन अपरान्ह काठमाडौं ल्याइएको थियो । काठमाडौंमा शव ल्याइएपछि विमानस्थलबाट शवयात्रा शुरु भएको थियो ।

विमानस्थल, सिनामंगल, नयाँवानेश्वर, माइतिघर, पुतलीसडक हुँदै प्रज्ञा भवनमा पुगेपछि उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली पछि २६ साउनकै साँझ उनको शव दाहसंस्कारका लागि पशुपति आर्यघाटतर्फ लगिदैं छ ।

शवयात्रामा उनका शुभचिन्तक, चलचित्रकर्मी, नेता देखि सर्वसाधारण सहभागी छन् । उनको सम्मानमा राष्ट्रिय झण्डा ओढाइने र प्रहरीले अन्तिम सलामी दिने गृह मन्त्रालयले जनाएको छ । सरकारले पहिलोपटक कलाकारलाई यस्तो सम्मान दिन लागेको हो ।

सम्बन्धित समाचार

अभिनेता श्रीकृष्ण श्रेष्ठको शव प्रज्ञा प्रतिष्ठानमा

अभिनेता श्रेष्ठप्रति सरकारको श्रद्धाञ्जली

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>