अर्थ/बजारबुधबार, साउन २८, २०७१
रोपाइँ ७८ प्रतिशत मात्र
अहिलेसम्म देशभरमा ७८ प्रतिशत खेतमा मात्र रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको हो । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कमी हो ।
सामान्यतया नेपालमा धान रोपाइँ असारमा शुरु भई साउनसम्म देशका विभिन्न स्थानमा सम्पन्न हुने गर्दछ । उच्च पहाडी भेगका विभिन्न १४, मध्यपहाडका विभिन्न ३९ तथा तराई क्षेत्रका विभिन्न २० जिल्लामा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।
गएको वर्ष यसअवधिमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्ष १४ लाख ८६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्षको तुलनामा कम रोपाइँ भएपछि उत्पादनमा ह्रास आउने मन्त्रालयको प्रक्षेपण छ । यस वर्ष कम क्षेत्रफलमा रोपाइँ भएकाले उत्पादन घट्ने मन्त्रालयका सह–प्रवक्ता टेकप्रसाद लुईंटेलले बताए ।
नेपालमा धान, मकै तथा गहुँलाई प्रमुख अन्नबालीका रुपमा लिने गरिएको भए पनि धानको माग तथा उपभोग धेरै हुने गर्दछ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
