थप समाचारबिहीबार, साउन २९, २०७१

कमलाको तटबन्ध भत्कियो, कैयौं वस्ती डुबानमा

हिमालखबर

दुई दिनदेखि परेको वर्षाले कमला नदीमा आएको बाढीले पूर्वी तटबन्ध भत्काएपछि सिरहा, सारश्वरको १ र २ नम्बर वडाका ६० घर डुबानमा परेको स्थानीय विमल गुप्ताले जानकारी दिएका छन् ।

बाढीले गाउँ डुबानमा परेपछि अन्नपात र धनमाल नोक्सान भएको छ भने गाउँलेहरु विस्थापित भएका छन् ।

“आज बिहान ६ बजे आएको बाढीले गाउँ डुबायो, यहाँ भागाभाग छ ,” गुप्ताले भने । गाउँ डुबानमा पर्दा पनि चारजना प्रहरीबाहेक उद्दारका लागि कोही नआएको गुप्ताले गुनासो गरे ।

मन्दिरमा पूजा गर्न पुगेकी स्थानीय ६० वर्षीया महिला घाइते भएकी र अरु के कति क्षति भएको छ भन्ने अझै थाहा भइनसकेको स्थानीय देवेन्द्र यादवले जानकारी दिए ।

सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बाढीले गाउँ बगाएको सूचना पाएको र प्रहरी परिचालन गरिसकेको बताएका छन् ।

उनले भने, “कमलाको पूर्वी तटबन्ध नै भत्काएको सूचना पाएकाले चिकना, विष्णुपुर प्ररा, भोक्राहा लगायतका गाउँ पनि डुबानमा परेका छन् । सबै ठाउँमा उद्धारका लागि प्रहरी परिचालन गरिसकेका छौँ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>