रमझमबिहीबार, साउन २९, २०७१

यलमायामा अखण्ड साधना

हिमालखबर

१२ साउनको अपरान्ह ४ बजेदेखि बाँसुरीको अखण्ड साधना शुरु भएको हो । २१ दिने बाँसुरीवादन कार्यक्रममा कलाकारहरु प्रेम मगराती, सरोज अधिकारी, मीन समाल, नगेन्द्र राई, धनबहादुर गुरुङ, डम्बर खड्काथोकी, राजेश राई, दुर्गा बइक र दीपक मगर सहभागी छन्।

२४ घन्टा निरन्तर गरिने बाँसुरीको यो साधना २ भदौ अपरान्ह ४ बजे समापन हुनेछ।

कार्यक्रमका संयोजक वरिष्ठ बाँसुरीवादक जीवन आलेले संगीतको मूल तत्व शास्त्रीय वाद्यवादनमा बाँसुरीको भूमिका महत्वपूर्ण हुने भएकाले यस्तो साधनाले नेपाली संगीतको विकासमा सघाउ पुर्‍याउने बताए।

यलमाया केन्द्रले गत सात वर्षदेखि प्रत्येक महीनाको २ गते साँझ ५ बजेदेखि शास्त्रीय संगीतको कार्यक्रम पनि गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>