थप समाचारबिहीबार, साउन २९, २०७१
धनकुटामा बाढी पहिरो, कोशी राजमार्ग बन्द
एकबर्ष अगाडि बाढीले बगाएपछि निर्माण गरिएको डाइर्भसन पुनः बगाएपछि कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ ।
दुई दिनदेखि परेको अविरल बर्षाका कारण २९ साउन विहान ४ बजेतिर लेउतीखोलामा निमार्ण गरिएको अस्थायी डाइर्भसन बगाएपछि धरान–धनकुटा सडकखण्डमा सवारी साधनहरु संचालनमा आउन सकेका छैन ।
त्यस्तै भारी वर्षाका कारण आएको पहिरोले धनकुटाको महाभारत गाविस–९ गर्जुवामा सडक पुरेको छ । उक्त सडक बन्द भएपछि धरानबाट धनकुटा हुँदै कोशीका पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा, भोजपुर हिडेका दर्जनौ सवारी साधनहरु बाटोमा नै अलपत्र गरेका छन् ।
त्यस्तै धनकुटा हुँदै तराईका विभिन्न जिल्लातर्फ लागेका सवारी साधन तथा सवार सयौं यात्रुहरु धनकुटाको मुलघाटमा अलपत्र गरेका छन् ।
विभिन्न ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनाउँदा धनकुटाको भेडेटार हुदै ६ नं. बुधवारेतर्फ संचालन हुने सवारी साधनहरु पनि विहानदेखि अवरुद्ध भएका छन् ।
अहिले अवरुद्ध सडक खुलाउन डोजरले लेउतीखोलामा डाइर्भसन बनाउने काम गरिरहेको छ । तर बर्षा निरन्तर भई खोलामा बाढी आईरहेकाले डाइर्भसन निर्माण भएपनि दिगो हुने देखिएको छैन ।
सन्तोष रुचाल, धनकुटा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
