Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राप्तिमा पानी खतराको तहभन्दा ३ मिटर माथि, थुप्रै वस्तीहरु डुवानमा - Himalkhabar.com

थप समाचारशुक्रबार, साउन ३०, २०७१

राप्तिमा पानी खतराको तहभन्दा ३ मिटर माथि, थुप्रै वस्तीहरु डुवानमा

हिमालखबर

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रका अनुसार, नदीको जलस्तर दिउँसो १ बजे ८ मिटर ७७ सेमि पुगेको छ । नदीमा पानीको सतह ५ मिटर ४० सेमि पुग्यो भने खतराको चिह्नमा पुगेको मानिन्छ ।

जलस्तर बढेर नदी क्षेत्रका टेपरी, पिप्रहवा, होलिया, बेतहनी, लक्ष्मणपुर, नरैनापुर, फत्तेपुरलगायतका गाउँमा बाढी पसेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

नदी क्षेत्रअन्तर्गत अति जोखिममा रहेको होलिया गाउँ बढी प्रभावित भएको सहायक प्रजिअ गन्जबहादुर एमसीले जानकारी गराए । उनका अनुसार होलियाका सबै जनता घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

“त्यहाँका नागरिक अहिले ज्यान बचाउन चिच्याइरहेका अवस्थामा छन्, उद्धारका लागि सेना र प्रहरी परिचालन गरिएको छ ”, एमसीले भने ।

राप्ती नदीको बाढीले गाउँ क्षेत्र डुबानमा परेपछि स्थानीय प्रशासन कार्यालयले कस्टर समूहअन्तर्गतको उद्धार समूह, राहत समूह र स्वास्थ्य समूहलाई नेपालगन्ज तथा सम्भावित डुबान प्रभावित गाउँ क्षेत्रमा परिचालन गरेको छ ।

भारतले बाँके जिल्लाको नेपाल–भारत सीमा नजिक अन्तर्राष्ट्रिय कानून विपरीत भारतीय क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र तटबन्धका कारण राप्ती नदीको प्राकृतिक बहाव रोकिन गई बाँके जिल्लाको राप्तीपारी नेपाली भूमिका आधा दर्जनभन्दा बढी गाविसका नागरिक प्रत्येक वर्ष बाढी तथा डुबानको जोखिम मोल्न बाध्य छन् ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाँकेको खासकुश्मा नजिकै पहिरो जाँदा पूर्व—पश्चिम राजमार्ग ३० साउन बिहानैदेखि अवरुद्ध भएको छ भने राजमार्गमै शमशेरगञ्जजनिकै कल्भर्ट भत्किएको छ । राजमार्गको कुसुम क्षेत्रमा सडकमै रूख ढलेका छन् ।

सडक अवरुद्ध हुँदा दर्जनौं गाडी सडकमै रोकिएका छन् । पहिरो खुलाउन नेपालगञ्जबाट प्राविधिकको टोली डोजरसहित घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता रत्नराजमार्गको नेपालगञ्ज—सुर्खेत खण्डमा पनि विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अवरुद्धबाँकेको खासकुश्मा नजिकै पहिरो जाँदा पूर्व—पश्चिम राजमार्ग ३० साउन बिहानैदेखि अवरुद्ध भएको छ भने राजमार्गमै शमशेरगञ्जजनिकै कल्भर्ट भत्किएको छ ।

राजमार्गको कुसुम क्षेत्रमा सडकमै रूख ढलेका छन् । सडक अवरुद्ध हुँदा दर्जनौं गाडी सडकमै रोकिएका छन् । पहिरो खुलाउन नेपालगञ्जबाट प्राविधिकको टोली डोजरसहित घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता रत्नराजमार्गको नेपालगञ्ज—सुर्खेत खण्डमा पनि विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>