थप समाचारशुक्रबार, साउन ३०, २०७१

बस दुर्घटनामा १ को मृत्यु, २० घाईते

हिमालखबर

प्युठानको ढुंगेगढी–३ पाकुरीखोलामा पश्चिम नेपाल यातायात बस व्यवसायी समितिको लु १ ख ३२३२ नम्बरको बस दुर्घटना हुँदा प्युठान दाखाक्वाडी–७ का २९ वर्षीय जितबहादुर विकको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बड्डाँडाका इन्चार्ज सई हरिहर खड्काले जानकारी दिएका छन् ।

बड्डाँडा–दरभान सडक खण्डमा बस सडकबाट करिव १ सय मिटर तल खसेको र घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

जिल्ला अस्पताल विजुवारबाट उद्धारका लागि गएको एम्वुलेन्स पहिरोका कारण खहरे खोलामा रोकिएको छ ।

दरभानबाट आएको माईक्राबसमा १३ जना घाईतेहरुलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
विजयसिंह भारती, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>