थप समाचारशुक्रबार, साउन ३०, २०७१

बाढीले गुल्मीमा झोलुङ्गे पुल बगायो

हिमालखबर

२९ साउन राति दरमखोलामा पानीको सतह एक्कासि बढेपछि बागलुङ रिघाको गाईघाट र गुल्मीको सनकोल जोड्ने झोलुङ्गेपुल बगाएको छ ।

गुल्मी सनकोलतर्फको पुलको जग भत्किएको र बेगसित बगेको दरमखोलाको दबाबले पूरै पूल बगाएको स्थानीय धनेश्वर सापकोटाले जानकारी दिए ।

सनकोलतर्फको भागमा करिब १०० मिटर माथिबाट पहिरोसमेत खसेको छ । पुल बगेपछि बागलुङ–गुल्मी आवातजावत टुटेको छ ।

पुल भत्केपछि बागलुङ रिघा, काँडेबास, दगातुम्डाँडालगायत अन्य गाविसका बासिन्दा प्रभावित भएका छन् । गुल्मीको अर्लाङ्कोट, वामिटक्सारलगायतका स्थानमा आवतजावत अवरुद्ध बनेको छ ।

अविरल वर्षाका कारण ग्रामीण भेगका खोला र खहरे पनि बढेका छन् । जिल्लाभरको यातायात पनि प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>