थप समाचारशुक्रबार, साउन ३०, २०७१
सुर्खेतमा बाढी पहिरोको कहर, १५ को शव फेला
सुर्खेतको सदरमुकाम विरेन्द्रनगरको पर्सैनी क्षेत्रमा बाढी पसेपछि ७ वटा शव फेला परेको र त्यसमध्ये उत्तरगंगा–८ का बालिका हिमानी रावत र अर्का रवि मिस्त्रीको मात्रै सनाखत भएको जिल्ला प्रहरी प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी सुर्खेतकै तातोपानीमा २, साटाखानीमा २, तरंगामा ३ र खारेमा १ जनाको शव फेला परेको एसपी अधिकारीले बताए ।
“जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले जन–धनको ठूलो क्षति भएको छ, सुरक्षा निकाय परिचालन भएको छ” अधिकारीले भने, “विस्तृत विवरण आउन अझै बाँकी छ ।”
अहिलेसम्म १५ जनाको शव फेला परे पनि धेरैको मृत्यु भएको हुनसक्ने अधिकारीको अनुमान छ ।
जिल्लाका खोर्के र इत्राम खोलामा आएको बाढी वस्तीमा पसेर ठूलो नोक्सान पुर्याएको स्थानीयले बताएका छन् ।
तुफान न्यौपाने, नेपालगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
