थप समाचारशुक्रबार, साउन ३०, २०७१
सशस्त्र प्रहरीद्वारा उद्धार कोषलाई एक करोड ८८ लाख
सशस्त्र प्रहरी बलले मातहतका कर्मचारीबाट उठाएर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई रु १ करोड ८८ लाख ७७ हजार प्रदान गरेको छ । उक्त रकम सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले ३० साउनमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
उक्त रकममध्ये सशस्त्र प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षकहरु र नायव महानिरीक्षकहरुले पाँच दिनको तलब, बरिष्ठ उपरीक्षक र उपरीक्षकले तीन दिनको तलब तथा नायव उपरीक्षक र निरीक्षकले दुई दिनको तलब र बलका जुनियर अधिकृत तथा विल्लादार जवानले एक दिनको तलव बराबरको रकम उठाएर प्रदान गरिएको हो ।
यसअघि सिन्धुपाल्चोक जिल्लाको माङ्खा गाविस १ जुरेस्थित सुनकोशी नदीमा गएको पहिरो पीडितका लागि सशस्त्र प्रहरीले १९ लाख रुपैयाँ बराबरको सामाग्री जिल्ला दैवीप्रकोप उद्धार तथा राहत वितरण उपसमिति सिन्धुपाल्चोकलाई हस्तान्तरण गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
