खेलकुदशुक्रबार, साउन ३०, २०७१

एसीसी प्रिमियर लिगः नेपालले सिंगापुरलाई हरायो

हिमालखबर

मलेशियास्थित किनरारा मैदानमा ३० साउनमा भएको खेलमा नेपालले सिङ्गापुरलाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । हिजो भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १० विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा आठ विकेटको क्षतिसँगै १४३ रन जोड्यो । जवाफी ब्याटिङमा सिङ्गापुर ३५ दशमलव २ ओभरमा नै समेटियो । सिङ्गापुर ९४ रन जोड्दै अलआउट हुन पुगेको थियो ।

नेपालको जितमा कप्तान सुमित मर्हजनले ४१ रनको योगदान दिँदै नटआउट रहे । त्यस्तै प्रजित थापाले ३२ र पवन सरफीले १२ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका पवन सरफी एक्लैले ४ विकेट लिँदै प्रतियोगितामा म्यान अफ द म्याचसमेत घोषित भए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>