थप समाचारशनिबार, साउन ३१, २०७१
दाङमा थप ७ को शब फेला, मृत्यु हुनेको संख्या १३ पुग्यो
दाङमा ३० साउनमा बेपत्ता भएका मध्ये थप ७ जनाको शब १ भदौमा फेला परेको छ । यो सँगै जिल्लामा बाढी र घर भत्कीएर मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
३० साउनदेखि वेपत्ता भएका डुरुवा–१ गनारीका ९ बर्षीया लिला खत्री, गोल्टाकुरी–३ का सुनिता डाँगी, धनौरी–२ का ६० बर्षीय शेरबहादुर वली, उनकी श्रीमती ५६ बर्षीया खली वली र छोरी १२ बर्षीया अस्मीता वलीको ३१ साउनको बिहान बवई नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस्तै पुरन्धारा–९ गंगटे र शान्तिनगरको चिराघाट खोलामा पनि दुई वटा शब फेला परेको छ । शब भेटिएको दुबै स्थानमा प्रहरीको टोलि पुगेको तर, सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए ।
बाढीमा परेर पन्चकुले–८ घर भएका विजय कुँवर, द्रोपती कुँवर र उनका दुई छोरा बेपत्ता भएका छन् ।
यस अघि ३० साउनमा डुरुवा–१ मा २ जना, उरहरी–६ मा २ र पुरन्धारामा २ जनाको बाढी र घर भत्किएर मृत्यु भएको थियो ।
बबई नदीको बाढीले धर्ना, सौडियार, उरहरी, फुलबारी, गोल्टाकुरी, डुरुवा, श्रीगाउँ, पन्चकुले, पुरन्धारा र धनौरीका विभिन्न गाउँका १०९ घर भत्कीएको र ८३ घर डुवानमा परेको दाङका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रिले जानकारी दिए ।
३१ साउनदेखि भने मौसममा सुधार आएपछि बाढी पिडितहरुले बगेका सामानहरु खोज्न शुरु गरेका छन् ।
देविका घर्ती मगर, दाङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
