थप समाचारशनिबार, साउन ३१, २०७१

बर्दियामा १० जनाको शव फेला, ५० बढी वेपत्ता

हिमालखबर

बबइ र कर्णाली नदीमा आएको बाढीले बर्दियाको  चेपाँगमा १ जना, बनियाभारमा ८ र बगनाहाको शाहीपुरमा १ जना गरी १० जनाको  मृत्यु भएको छ । शव फेला परे पनि मृतकहरुको सनाखत हुन सकेको छैन ।
बाढीमा १६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ भने स्थानीयका अनुसार ५० भन्दा बढी वेपत्ता भएका छन् ।

बाढीले घर भत्काएको अर्को दिन बचेका सामान स्याहार्दै बर्दियाकी किशोरी । तस्वीर: भावुक योगी

बबइ र कर्णाली नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाका ५ वटा वडा सहित बगनाहा, पदनाहा, नेउलापुर, बनियाभार, मगरागडी, धधवार, ठाकुरद्वारा, शिवपुर, सुर्यपटुवा, ढोढरी,  भिम्मापुर, पाताभार, दौलतपुर गाविस र राजापुर नगरपालीका पूरै डुबानमा परेका छन् ।
पूर्वपश्चिम राजमार्गको कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बेलवा गाविसको चेपाँग गाँउ पनि डुबानमा परेको छ ।

३० साउन विहानैदेखि बाढीमा फसेकाहरुलाई सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेको छ भने असामान्य अवस्थामा रहेका झण्डै ३ सय जनालाई सेनाको हेलीकप्टरले उद्धार गरेको छ ।
३१  साउन विहान सेनाका २ वटा हेलिकप्टरबाट बगनाहाको खैलार, बर्गदा, बनियाभार पदनाहा, सदमुकाम गुलरीया सहित विभिन्न गाँउमा बाढीमा फसेकाहरुलाई उद्धार गरेको हो ।
अहिले मौषममा सुधार आएपछि बाढी घटदै गएको छ ।

बाढीले मरेका बाख्रा घिसार्दै बर्दियाका किसान । तस्वीर: भावुक योगी

बाढी पीडीतहरु स्थानीय विद्यालयमा शरण लिइरहेका छन् भने उनीहरुमा रुघा खोकी, ज्वरो र पखालाका लक्षण देखा परेको छ । बाढी पसेको गाँउमा गाई, भैँसी, भेडा, बाख्रा, सुंगुर, बंगुर र कुखुरा मरेका कारण दुर्घन्दित छ ।
भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>