थप समाचारआइतबार, भाद्र १, २०७१

साढे ६२ हजारको इपिएसका लागि आवेदन

हिमालखबर

इपीएसको आवेदन बुझाउन कीर्तिपुरमा लाइन लागेका युवाहरु। तस्वीर: बिक्रम राई

वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत २८ देखि ३१ साउनसम्म कोरिया भाषा परीक्षाका लागि आवेदन खुला गरेकोमा ६२ हजार ५१४ जनाको आवेदन परेको छ ।

उपत्यकाभित्रबाट ३५ हजार ६१९ र बाहिरबाट २६ हजार ८९५ गरी ६२ हजार जनाको आवेदन परेको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

बाँस्तोलाका अनुसार डडेल्धुराबाट सबैभन्दा कम ५९०, काठमाडौँ कीर्तिपुरबाट १० हजार ५४८ र सीतापाइलाबाट सबैभन्दा बढी १३ हजार ३८०, ललितपुर च्यासलबाट ११ हजार ६९१, सुनसरी धरानबाट ९ हजार ३७८, रुपन्देही बुटवलबाट छ हजार ९९४ र कास्की पोखराबाट ९ हजार ९३३ जनाले आवेदन फारम भरेका छन् ।

कोरिया पठाउने कोटाचाहिँ भाषा परीक्षाको नतिजा प्रकाशनका बेला तोकिने उनले बताए ।

इपिएस शाखाले उपत्यकामा तीन र बाहिर चार गरी सात ठाउँबाट आवेदन फारम बुझ्ने व्यवस्था मिलाएको थियो ।

उपत्यकामा आवेदन फारम भर्नेको अत्यधिक भीड लागेका कारण अस्तव्यस्त बनेको थियो । तोकिएका सम्बन्धित केन्द्रमा फारम बुझाउन युवा रात, घाम पानीको प्रवाह नगरी घन्टाँै लाइनमा बसेका थिए ।

अघिल्लो वर्ष सन् २०१३ मा ४६ हजार ६९२ जनाले आवेदन दिएकामा ८ हजार ५१ पास भएका थिए । जसमध्ये ४ हजार १०० भन्दा बढी कोरिया गइसकेका छन् ।

सन् २००६ मा स्थापना भएको श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सन् २००८ बाट हरेक वर्ष कामदार पठाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>