थप समाचारआइतबार, भाद्र १, २०७१

भक्तपुरमा डेङ्गुका बिरामीे

हिमालखबर

तराईमा मात्र देखिने डेङ्गुका बिरामी भक्तपुरमा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

रामेछाप घर भई परिवारसँग भक्तपुरको बालकोट गाविस–५ मा बस्दै आएका १५ वर्षीय अर्जुन कार्कीको स्वास्थ्य परीक्षणका क्रममा डेङ्गु भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेश ठाकुरका अनुसार डेङ्गुका बिरामी देखापरेपछि भक्तपुरका नगरपालिका र गाविसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने भक्तपुर अस्पतालमा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु विशेष गरी तराई क्षेत्रमा देखिने भए पनि पछिल्लो समयमा पहाडि क्षेत्रमा यसको संक्रमण देखा पर्न थालेको छ ।

डेङ्गुका विरामीहरुमा तीव्र ज्वरो, अत्यधिक शरीर दुखाइ, छाला रातो हुने र विमिरा आउने, जिब्रोले स्वाद नपाउने, वाकवाकी लाग्ने र घाँटी दुख्ने जस्ता लक्षणहरु देखा पर्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>