खेलकुदसोमबार, भाद्र २, २०७१

नेपालको चौंथो जीत

हिमालखबर

नेपाल एसीसी यु–१६ प्रिमियर क्रिकेटमा लगातार चौंथो खेल जित्दै उपाधितर्फ अग्रसर भएको छ । मलेशियामा २ भदौमा भएको आफ्नो चौंथो खेलमा नेपालले बहराइनलाई १८६ रनले हरायो ।

नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा बहराइन २४.४ ओभर खेल्दै ४७ रनमै अलआउट भयो ।

इन्टरनेट तस्वीर

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३३ रन बनाएको थियो ।

नेपालका लागि प्रनित थापाले सर्वाधिक नटआउट ७० रन जोडे । रवि चन्दले ३३, सुशान्त सिंह थापाले २९, रविन्द्रजंग शाहीले २३ बनाए । आशिष शेखले ८, जितेन्द्र सिंहले ५, कप्तान सुमित महर्जनले ३ र आशिष पोखरेलले २ रनको योगदान गरे ।

नेपालले अब ४ भदौ बुधबार आयोजक मलेशियासँग भिड्नेछ । मलेशियालाई जितेमा नेपालले पहिलोपटक एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि हात पार्नेछ ।

जारी प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १० विकेट, सिंगापुरलाई ४९ रन र ओमानलाई १०२ रनले हराएको छ । प्रतियोगितामा ६ टीम सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>