थप समाचारसोमबार, भाद्र २, २०७१

पत्रकारमाथि आक्रमण गर्ने पक्राउ

हिमालखबर

जिल्ला प्रहरी कार्यालयले पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष तिवारीलाई आक्रमण गर्ने दुई जनालाई पक्राउ गरेको हो । तिवारीलाई आक्रमण गर्ने पङ्कज चन्द र रामबहादुर चन्दलाई २ भदौमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

तिवारीलाई १ भदौ राति १० बजेतिर भीमदत्त नगरपालिका–६ ऐठपुरमा मदिरा सेवन गरेको समूहले आक्रमण गरेको थियो । आक्रमणबाट तिवारीको टाउकोमा चोट लागेको छ ।

घाइते तिवारी अञ्चल अस्पतालमा उपचार गराइराखेको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका उपाध्यक्ष केशवराज जोशीले जानकारी दिए । घटनाका दोषीहरुलाई कानुनी कारबाही गर्न नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरले माग गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>