थप समाचारमंगलबार, भाद्र ३, २०७१
मोटरसाइकल चोरी गर्ने ६ पक्राउ
प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाँकेको चिसापानी—५ करेलीका २१ वर्षीय टीकाराम बस्नेत, कोहलपुर—४ का २६ वर्षीय जलिलअहमद हलवाई, कोहलपुर—१ कौशिलानगरका २८ वर्षीय अर्जुन रम्तेल, बर्दियाको बेल्वा—५ का २३ वर्षीय तेजबहादुर थापा, बर्दियाकै सोराहा—३ का २४ वर्षीय तीर्थबहादुर चौधरी र बाँके कोहलपुर—५ का २२ वर्षीय शेरबहादुर बिसी छन् ।
प्रहरीले चोरीको मोटरसाइकल खरीद बिक्रीमा संलग्न रहेको आरोपमा ३१ साउन, १ र २ भदौमा गरी दुई भिन्दाभिन्दै समूहका ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट चारवटा मोटरसाइकल बरामद गरेको छ ।
उनीहरूले नेपालकै अन्य जिल्लाबाट मोटरसाइकल चोरी गरेर कोहलपुर ल्याई बिक्री गर्ने गरेको प्रहरीले दावी गरेको छ । मोटरसाइकल चोरी र खरीद बिक्रीमा संलग्न गिरोहविरुद्ध क्षेत्रीय प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुरले संयुक्त अप्रेशन सञ्चालन गरेको इप्रकाका प्रहरी नायव उपरीक्षक जनक शाहीले जानकारी दिए ।
उनले मोटरसाइकल धनीलाई आफ्नो प्रमाणसहित दावी गर्न आउन सार्वजनिक सूचना जारी गरिएको बताए । पक्राउ परेका आरोपी विरुद्ध प्रहरीले चोरी मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेकाले आफूहरू संलग्न रहेको समूहका अन्य सदस्यबारे जानकारी दिएको र उनीहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तुफान न्यौपाने, नेपालगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
