थप समाचारमंगलबार, भाद्र ३, २०७१

अंग्रेजसँगको युद्ध जितेको सम्झनामा सिन्दुर जात्रा (तस्वीरसहित)

हिमालखबर

देब पचभैया, पाल्पा

नेपाल–अंग्रेज युद्धमा विजयी भएको सम्झनामा पाल्पाको तानसेनमा २ भदौमा सिन्दुर जात्रा गरिएको छ । पाल्पाको तानसेनमा विजय उत्सव मनाइने श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा धुमधामसँग मनाइएको हो ।

तानसेनस्थित भगवतीटोलमा रहेको भगवती मन्दिरबाट निकालिएको भगवतीको रथलाई तानसेनको विभिन्न स्थानमा परिक्रमा गराइ मन्दिरमा भित्राइएको थियो । तत्कालीन प्रशासक कर्णेल उजिरसिहं थापाले मनाउन शुरु गरेको जात्रा हरेक वर्ष मनाइने गरिन्छ ।

युद्धमा जानु अघि उजिरसिंह थापाले विजय हासिल गरेमा मन्दिर बनाएर प्रत्येक वर्ष विजयको सिन्दुर जात्रा गर्ने भाकल अनुसार विजयी भइ जात्रा मनाउने गरिएको विश्वास गरिन्छ । वि.सं. १८७६ देखि निरन्तर रुपमा जात्रा मनाउन थालिएको हो ।

बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेपछि रणउजिरेश्वरी भगवती जात्रा मनाउन थालिएको थियो ।

जात्रा हेर्न पाल्पासहित गुल्मी, स्याङ्गजा, पोखरा, बुटवल, अर्घाखाँचीलगायतका ठाउँबाट सर्वसाधारण आएका थिए । यो पश्चिम क्षेत्रकै ठूलो रथयात्रा हो ।

तस्वीरहरुः देब पचभैया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>