थप समाचारमंगलबार, भाद्र ३, २०७१

स्थानीय निर्वाचनमा सहभागी हुँदैनौः वैद्य

हिमालखबर

सरकारले स्थानीय निकायको निर्वाचन गराउन ऐन संसोधन लगायतका प्रकृया अगाडि बढाइरहँदा नेकपा–माओवादी भने निर्वाचनमा सहभागी नहुने अध्यक्ष मोहन बैद्यले बताएका छन् ।

“यो व्यवस्था र प्रणालीको विरोध गरिरहेका छौ यही व्यवस्था र प्रणाली अन्तर्गत हुने निर्वाचनमा सहभागी हुने प्रश्न आउँदैन, ३ भदौमा चितवन आइपुगेका वैद्यले भने ।

गत ४ मंसीरमा सम्पन्न संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीले निर्वाचन विथोल्ने प्रयास गरे पनि त्यसो हुन सकेको थिएन ।

बैद्यले आफ्नो मूख्य माग ‘जनगणतन्त्र’ भएको बताउँदै जनताको संघीय गणतन्त्रमा आधारित संविधान बन्नु पर्ने आवश्यकता भए पनि वर्तमान संविधानसभाले त्यस्तो संविधान नदिने र देशको हित नहुने दाबी गरे ।

उनले भने, “संविधानसभामा संसदीय व्यवस्था मान्ने दलहरुको बाहुल्यता रहेकाले अहिलेको संविधानसभाबाट जनताको हित हुने संविधान बन्नै सक्दैन ।”

प्रधानमन्त्री सुशील कोइरालाले सर्वपक्षीय सम्मेलन गरी सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे पनि त्यस्तो सम्भावना नभएको उनले दाबी गरे

चितवनमा आयोजित पत्रकार भेटघाटमा बोल्दै बैद्यले नेकपा–माआवादीको हालै बसेको बैठकले संघर्ष विना निकास ननिस्कने ठहर गरेको जानकारी दिएका थिए ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>