थप समाचारमंगलबार, भाद्र ३, २०७१

चीनद्वारा बाढीपीडितलाई १ करोड ५५ लाख

हिमालखबर

नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले ३ साउनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई नेपालका बाढी पीडितका लागि तिब्बत सरकारका तर्फबाट रु १ करोड ५५ लाख प्रदान गरेका छन् ।

त्यस अवसरमा राजदूत वुले नजिकको मित्र भएको नाताले नेपालको दुःख पीडाले आफूलाई पनि मर्माहत पारेको भन्दै चीन सरकारले उक्त सहायता प्रदान गरेको बताए ।

राजदूत वुले पहिरो र बाढीमा ज्यान गुमाएका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>