खेलकुदमंगलबार, भाद्र ३, २०७१

एसीसी यु–१६: उपाधिका लागि नेपाल र मलेशिया भिड्दै

हिमालखबर

एसीसी यु–१६ प्रिमियर लिग प्रतियोगिताअन्तर्गत ४ भदौमा हुने लिग चरणको अन्तिम खेलमा नेपाल र मलेशिया भिड्दै उपाधिको छिनोफानो गर्नेछन् । ४ खेल खेलेको नेपाल चारै खेलमा अपराजित रहँदै ८ अङ्कका साथ लिगको अङ्क तालिकामा शीर्ष स्थानमा र मलेशिया सात अङ्कका साथ दोस्रो स्थानमा छन् ।

नेपालले पहिलो खेलमा स्पष्ट नतिजा ल्याएको तथा मलेशिया र बहराइनबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि मलेसियाले बहराइनसँग एक÷एक अङ्क बाँडेको थियो ।

नेपालले मलेशियालाई पराजित गरेमा पहिलो पटक उक्त उमेर समूहमा उपाधि जित्ने सुनौलो अवसर मात्र प्राप्त गर्दैन, मलेशियासँग अघिल्लो संकरणको हारको बदलासमेत लिन पाउनेछ ।

अघिल्लो संस्करण सन् २०१२ मा भएको एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यस्तै सन् २०१० मा भएको प्रतियोगितामा पनि नेपाल उपविजेता बन्दै घर फकिएको थियो । उक्त उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

यस्तै यसअघि चार खेल खेलको नेपालले चारै खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमनलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

एशियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट छ टोलीबीच पहिलो पटक राउन्ड रोबिन लिगका आधारमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।

टोलीमा नेपालसहित मलेशिया, ओमन, सिङ्गापुर, बहराइन र थाइल्यान्डले भाग लिएका थिए । ४ भदौको खेल मलेशियास्थित किनारा ओभल मैदानमा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>