खेलकुदबुधबार, भाद्र ४, २०७१
नेपाललाई एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि
एसीसी यु–१६ प्रिमियर क्रिकेटको अन्तिम खेलमा नेपालले निर्धारित ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६१ रन बनाएको छ । उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले अरु दिनको खेलको तुलनामा कमजोर प्रदर्शन गर्यो ।
मलेशियाको किन्रारा ओभल मैदानमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको थियो । नेपालका लागि पवन सर्राफले सर्वाधिक ४४ रन जोडे । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए ।
रवि चन्दले ३४, जीतेन्द्र सिंहले ९ र प्रनित थापाले ८ रन बनाए । मलेशियाले जवाफी ब्याटिङ गर्दैछ ।
नेपाल र मलेशिया दुवै एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि जित्ने प्रयासमा छन् । आजको खेल जित्नेले उपाधि हात पार्नेछ ।
प्रतियोगितामा सबै खेल जितेको नेपालको ८ अंक छ । नेपालले बहराइनलाई १८६ रन, थाइल्यान्डलाई १० विकेट, सिंगापुरलाई ४९ रन र ओमानलाई १०२ रनले हराएको छ ।
तीन खेल जितेको मलेशियाको भने ७ अंक छ । वर्षाका कारण मलेशियाको एक खेल भने अनिर्णीत भयो ।
नेपालले बराबरी खेलेमा मात्र पनि उपाधि उचाल्ने छ । आज बराबरी वा विजयी भए नेपालले पहिलोपटक एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि हात पार्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
