थप समाचारबुधबार, भाद्र ४, २०७१
वीरगञ्जमा पनि ‘हेल्थ डेक्स’
वीरगन्ज नाका हुँदै आउने पर्यटकसँगै इबोला भाइरसको सङ्क्रमण भित्रिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले ‘हेल्थ डेक्स’ स्थापना गरेको हो । वीरगन्ज भन्सार नजिक रहेको इनर्वा प्रहरी चौकीसँगैको अध्यागमन विभाग अगाडि ४ भदौमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।
विदेशबाट आएका पर्यटक तथा बाहिरबाट आएका नेपालीमा पनि इबोला भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै उनीहरूको स्वास्थ्य परीक्षणको लागि हेल्थ डेस्क स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
‘हेल्थ डेस्क’ स्थापना कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी योगराज पाण्डे, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुणकुमार महतो, नेपाली सेनाका सेनानी सुरेश हमाल, नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा.रामशङ्कर ठाकुर, प्रहरी नायव उपरीक्षक श्याम महतो, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बञ्जरा लगायत उपस्थित थिए ।
स्वास्थ्य परीक्षणको लागि हेल्थ डेस्कमा पाँच स्वास्थ्यकर्मी खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
